एकल महिलाको अश्लील भिडियो बनाएर बार्गेनिङ गर्नेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश – Nepal Press

एकल महिलाको अश्लील भिडियो बनाएर बार्गेनिङ गर्नेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

रूपन्देही । एकल महिलाको अश्लील भिडियो खिचेर सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पटकपटक जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका बुटवलका सिद्धार्थ गुरुङलाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

आज भएको थुनछेक बहसमा इजालास नं ४ का न्यायाधीश वशिष्ठ कुमार घिमिरेको इजलासले गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदातल रुपन्देहीले जनाएको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी ५३ वर्षीया एकल महिलालाई घरमै गई अश्लिल भिडियो बनाई आफूले भनेअनुसार नगरे सार्वजनिक गरिदिन्छु भन्दै ब्ल्याकमेलिङ गरेर पटकपटक जबरजस्ती करणी र करिब ५ करोड रकमसमेत लगेको पीडितको दाबी छ ।

एकल महिलालाई जवर्जस्ती करणी गर्ने गुरुङ प्रेम आले संस्कृति तथा पर्यटन मन्त्री भएका बेला लुम्बिनी विकास कोषका सल्लाहकारसमेत भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *