इलाम २ उपचुनाव : प्रमुख ४ प्रतिस्पर्धीले हाले भोट – Nepal Press

इलाम २ उपचुनाव : प्रमुख ४ प्रतिस्पर्धीले हाले भोट

इलाम । उपचुनावअन्तर्गत इलाम २ मा चुनावी मैदानमा रहेका प्रमुख दलका उम्मेदवारहरूले मतदान गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्र रत्न बहुमुखी क्याम्पस केन्द्रबाट मतदान गरे ।

त्यस्तै नेपाली कांग्रेसबाट प्रतिस्पर्धामा उत्रिएका डम्बर खड्काले पनि भोट हालेका छन् । उनले पनि सुहाङले भोट हालेकै मतदान केन्द्र इलाम बजारस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट मतदान गरे ।

त्यस्तै रास्वपा उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आवि मतदान केन्द्रबाट भोट हालेका छन् ।

त्यस्तै पहिचानवादी तर्फका उम्मेदवार डकेन्द्र थेगिमले पनि मतदान गरेका छन् । फाकफोथुम गाँउपालिका सिंहदेवी मावि आमचोक केन्द्र पुगेर उनले भोट हालेका हुन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ एवं तत्कालीन प्रतिनिधिसभा सदस्य एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त यस क्षेत्रमा आज उपचुनाव भएको हो ।

यहाँ १९ जना चुनावी मैदानमा उत्रिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर