गृहमन्त्रीले बोल्न पाउँ भन्दै सभामुखलाई लेखेको पत्र कांग्रेसको ‘नोटिस’मा – Nepal Press

गृहमन्त्रीले बोल्न पाउँ भन्दै सभामुखलाई लेखेको पत्र कांग्रेसको ‘नोटिस’मा

उपसभापति गुरुङ भन्छन्- सदन कसरी अगाडि बढाउने भन्ने सरकारकै हातमा छ

काठमाडौं । नेपाली कांग्रेसले सहकारी प्रकरणको छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउनैपर्ने निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी समिति बनाउने अडान कायमै राख्ने निर्णय गरेको हो ।

बैठकलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउँ भन्दै सभामुखलाई बुझाएको पत्रबारे प्रमुख सचेतकले जानकारी गराएका उपसभापति धनराज गुरुङले जानकारी दिए ।

उनले नेपाल प्रेससँग भने, ‘उहाँले बुझाएको पत्रलाई हामीले नोटिसमा राखेका छौं । बोल्न दिने नदिने केही निर्णय भएको छैन। आज समान्य छलफल भएको छ । त्यसबारे भोलि बस्ने संसदीय दलको बैठकले निर्णय गर्छ ।’

उनका अनुसार प्रतिनिधि सभामा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्नको लागि भोलि दिउँसो २ बजे दलको बैठक बस्नेछ ।

उनले भने, ‘गृहमन्त्रीको नाम नै जोडिएर आएपछि हामीले निरन्तर छानविन समिति बनाउनुपर्छ भनेर माग गर्दै आइरहेका छौं । अब बजेट अधिवेशनमा सदन चलाउने वा नचलाउने सरकारकै हातमा छ । हामी हाम्रो अडानबाट ब्याक हुँदैनौं ।’

 


प्रतिक्रिया

2 thoughts on “गृहमन्त्रीले बोल्न पाउँ भन्दै सभामुखलाई लेखेको पत्र कांग्रेसको ‘नोटिस’मा

  1. काँग्रेसमुक्त देश बनाउने अभियानमा लागौं । यिनले ४७ सालदेखि लुटेको खोसेर यी सबैलाई जेलमा कोचौं । अनि मात्र देशले शान्ति पाउछ । यी देश बेचुवा हुन् । विदेशीका दलाल हुन् । भ्रष्टाचारी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर