सरकारले सहकारी ठगदेखि विभिन्न गम्भीर अपराधमा संलग्नको संरक्षण गर्दैछ : नेता महर – Nepal Press

सरकारले सहकारी ठगदेखि विभिन्न गम्भीर अपराधमा संलग्नको संरक्षण गर्दैछ : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सहकारी ठगहरूलगायत विभिन्न गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई संरक्षण गर्न थालेको आरोप लगाएका छन्।

नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको बुटवलमामा आयोजित प्रथम सम्मेलनलाई सम्बोधन गर्दै गठबन्धन सरकारमा संलग्न पार्टीका सदस्यले मात्रै न्याय पाउने गरी काम गरिरहेको बताए।

सरकारमा रहेका पार्टीकाबाहेक बाँकी जनता नागरिक होइनन् भन्ने मानसिकताबाट सरकार ग्रसित भएको टिप्पणी गरे।

उनले भने, कांग्रेसकै नेतृत्वमा मुलुकमा पटक पटक सकारात्मक परिवर्तन भएका छन्। कांग्रेसकै नेतृत्वमा संविधान बनेको हो। त्यसैले हामीले माने नमाने पनि विश्व राजनीतिले पहिचानको राजनीति छोड्न सक्ने अवस्था छैन। पहिचान मानव जीवनको अभिन्न अङ्ग भइसक्यो।


प्रतिक्रिया

2 thoughts on “सरकारले सहकारी ठगदेखि विभिन्न गम्भीर अपराधमा संलग्नको संरक्षण गर्दैछ : नेता महर

  1. सबैभन्दा ठूला ठग र देश बेचुवा अनि सहकारी ठग तिमी काँग्रेसहरू छौ । तिमीहरूलाई जेल नकोचि हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर