ह्वाट्सएपको क्यामरामा पनि जुम गर्ने फिचर – Nepal Press

ह्वाट्सएपको क्यामरामा पनि जुम गर्ने फिचर

काठमाडौं । अब ह्वाट्सएको क्यामराबाट पनि जुम–इन जुम–आउट गर्न सकिने भएको छ । ह्वाट्सएपले आफ्नो क्यामारामा जुम–इन जुम–आउट गर्ने अप्सनलाई थप गर्न लगोको हो । जसबाट प्रयोगकर्ताहरुले भिडियो तथा फोटा खिच्दा जुन–इन र जुम–आउट गर्न सक्नेछन् ।

यसअघि भने, ह्वाट्सएको क्यामरामा जुम गर्न सकिने फिचर थिएन् । पछिल्लो समय ह्वाट्सएले आफ्ना प्रयोगकर्ताहरुलाई आकर्षित गर्नका लागि यस्तै फिचरहरु ल्याइरहको छ । जसमा त महिना मात्रै ह्वाट्सएपले एआई सपोर्टका लागि एआई सर्च इन्जिन फिचर थप्न लागेको घोषणा गरेको थियो ।

अहिले ह्वाट्सएपको क्यामरा जुम फिचर केहि बिटा परिक्षण र आईएसओका लागि मात्रै उपलब्ध गराइएको छ । यसलाई छिटै एन्ड्रोइड तथा सबै आईएसओ प्रयोगकर्ताहरुका लागि उपलब्ध गराइने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *