पिछडिएको वर्ग, क्षेत्र र समुदायमा पनि सूचना प्रविधिको पहुँच विस्तार गरिने – Nepal Press

पिछडिएको वर्ग, क्षेत्र र समुदायमा पनि सूचना प्रविधिको पहुँच विस्तार गरिने

काठमाडौं । पिछडिएको वर्ग, क्षेत्र र समुदायमा पनि सूचना प्रविधिको पहुँच विस्तार गरिने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले डिजिटल साक्षरता विस्तार गरी महिला अल्पसंखिक एवं पिछडिएको वर्ग, क्षेत्र र समुदायमा सूचना प्रविधिको पहुँच विस्तार गरिने बताएका हुन् ।

पौडेलले भने, ‘सबै स्थानीय तहका केन्द्र तथा वडासम्म द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउन उच्च क्षमताको अप्टिकल फाइबर विस्तार गर्ने कार्यलाई तीव्रता दिइने छ । दुर्गम र विकट क्षेत्रमा भू उपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने छ ।साइबर सुरक्षा सम्बन्धी अनुसन्धान तथा कार्य र जनचेतना सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन संस्थागत व्यवस्था गरिने छ । डिजिटल साक्षरता विस्तार गरी महिला अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समुदायको सूचना प्रविधिमा पहुँच विस्तार गरिने छ ।

सूचना तथा सञ्चार प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि कानुनी र संस्थागत व्यवस्था गरिने छ । डिजिटल नेपाल फेमवर्कलाई परिमार्जन गरिने छ । सूचना प्रविधि सम्बन्धी निकायको पुन संरचना गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइने छ । विद्युतीय सुशासन र व्यक्तिगत डाटा सुरक्षा सम्बन्धी कानुन तर्जुमा गरिने छ । विद्युतीय सुशासन ब्लुप्रिन्ट तथा रणनीति तर्जुमा गरी व्यवसायको कार्य प्रकृया पुनः संरचना गरिने छ । विद्युतीय प्रणालीबिच अन्तर आबद्धता कायम इन्टरनेट तथा डाटा एक्सचेन्ज फर्म निर्माण गरिने छ । ब्रोडब्याड इन्टरनेट सेवा विस्तार गरी ब्रोडब्याड सेवालाई गुणस्तरीय, सर्वसुलभ र सुरक्षित बनाइने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर