दूरसञ्चार ऐनलाई संशोधन गर्दैछौँ : मन्त्री शर्मा – Nepal Press

दूरसञ्चार ऐनलाई संशोधन गर्दैछौँ : मन्त्री शर्मा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले दूसरसञ्चार ऐनलाई संशोधन गर्न लगेको बताएकी छिन् ।

शुक्रवार ‘१५९औ विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’मा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले दूरसञ्चार ऐनलाई संशोधनको काम गरिरहेको बताएकी हुन् ।

मन्त्री शर्माले भनिन, ‘नेपालले डिजिटल पूर्वाधार विकासमा जोड दिएको छ । त्यसका लागि निरन्तर हाम्रा पूर्वाधारहरूलाई विकास गर्दै छौ । साथै दूरसञ्चार ऐन संशोधनको काम भइरहेको छ । दूरसञ्चार क्षेत्रका समस्या सम्बोधन गर्ने गरी ऐन संशोधन गरिरहेका छौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर