कम्प्युटरमा जस्तै मोबाइलको होम स्क्रिनमा वेबसाइटको सर्टकट आईकन कसरी राख्ने ? – Nepal Press

कम्प्युटरमा जस्तै मोबाइलको होम स्क्रिनमा वेबसाइटको सर्टकट आईकन कसरी राख्ने ?

काठमाडौं । कम्प्युटरको होम स्क्रिन अर्थात् डेक्सटपमा सबैले आफूलाई बारम्बार आवश्यक पर्ने वेबसाइटहरूका सर्टकट आइकनहरू राखेको देख्ने गरेका हुन्छौँ ।

हरेक पटक ब्राउजरबाट वेबसाइटहरू खोज्न समय लाग्ने भएकोले यस्ता वेबसाइटहरूका सर्टकट आइकनहरू डेक्सटपहरूमा राख्ने गरिन्छ ।

यस्ता वेबसाइटका सर्टकटहरु हामीले कम्प्युटरमा मात्रै राखेको देख्ने गरेका हुन्छौँ । तर, कम्प्युटरमा मात्रै नभएर आफ्नो स्मार्टफोनमा पनि वेबसाइटहरूका सर्टकट आइकनहरू राख्न सकिन्छ । वेबसाइट सर्टकट आइकनहरू मोबाइलमा पनि राख्न केहि सेटिङसहरुबाट गर्नुपर्ने हुन्छ ।

यसरी स्मार्टफोनमा पनि राख्नुहोस् वेबसाइटहरूका सर्टकट आइकनहरू

स्मार्टफोनको होम स्क्रिनमा वेबसाइट सर्टकट आइकन राख्नका लागि सबैभन्दा पहिलो आफूले प्रयोग गर्ने ब्राउजरमा गएर आवश्यक सर्टकट वेबसाइट सर्च गर्नुपर्ने हुन्छ ।

आफूलाई आवश्यक वेबसाइट खोलेपछि माथिल्लो कुनामा रहेको ‘थ्री डटस’ मा क्लिक गर्नुपर्ने हुन्छ । उक्त थ्री डटमा क्लिक गर्नासाथ विभिन्न अप्सनहरू अगाडी देखिन्छन् । अप्सनहरूमा ‘एड टु होम स्क्रिन’ अथवा ‘एड सर्टकट’ अप्सनमा क्लिक गर्नुपर्छ ।

एड टु होस स्क्रिमा क्लिक गरेपछि आफूलाई उपयुक्त वेबसाइटको नाम राखेर अथवा सोही नाम राखेर ‘एड’ अप्सनमा क्लिक गर्नुपर्छ । एड गर्नासाथ मोबाइलको होस स्क्रिनमा उक्त वेबसाइटको सर्टकट आउँछ ।

यसरी कुनै पनि स्मार्टफोनमा आफूलाई बारम्बार चाहिने अथवा आवश्यक पर्ने वेबसाइटलाई सर्टकट बनाएर सजिलै एक्सेस गर्न सकिन्छ । सर्टकर्ट आइकन राख्दा ब्राउजरमा गएर गुगलबाट वेबसाइट खोजिरहनु पर्दैन । सिधै होस स्क्रिनबाटै वेबसाइट प्रयोग गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर