नेपालमै विकसित सफ्टवेयर तथा प्रणालीलाई सरकारी निकायमा प्रयोग गर्ने नीति ल्याइने – Nepal Press

नेपालमै विकसित सफ्टवेयर तथा प्रणालीलाई सरकारी निकायमा प्रयोग गर्ने नीति ल्याइने

काठमाडौं । नेपालमै विकसीत सफ्टवेयर तथा प्रणालीलाई सरकारी निकायमा उपयोग गर्ने नीति ल्याइने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वदेशमा विकसित सफ्टवेयर तथा प्रणालीलाई सरकारी निकायमा उपायोग गर्ने नीति ल्याइने घोषणा गरेका हुन् ।

राष्ट्रपति पौडेलले भने, ‘सार्वजनिक निकायमा प्रयोग भएका हाड्वयेर, सफ्टवेयर, नेटवर्क तथा साइबर सुरक्षा लगायतका सुचना प्रविधि प्रणालीको प्राविधिक परिक्षण गरिने छ ।

सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफट्वयर सरकारी क्षेत्रबाट निमार्ण गर्ने तथा स्वदेशमा विकसीत सफ्टवेयरलाई प्राथमिक्ता दिई उपयोग गर्ने नीति लिइने छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर