कुनैपनि स्मार्टफोन किन खरिद गर्ने ? – Nepal Press

कुनैपनि स्मार्टफोन किन खरिद गर्ने ?

काठमाडौं । बजारमा स्मार्टफोनहरूको प्रतिस्पर्धामा प्रयोगकर्ताहरूले राम्रो र आफूले सोचेका स्मार्टफोन पाउन सक्दैनन् । मात्रै बजारमा रहेका लाखौँ विकल्पहरूको कारणले गर्दा बारम्बार स्मार्टफोनहरू परिवर्तन गरिरहनुपर्ने अवस्था छ ।

मानव जीवनको दैनिकीमा आवश्यक वस्तुका रूपमा स्थापित भइसकेको छ स्मार्टफोन । चाहे त्यो पढाई गर्नका लागि होस, चाहे मनोरञ्जनका लागि होस भने, चाहे त्यो काम गर्नका लागि होस् । अहिलेको पुस्तामा स्मार्टफोनहरू किशोर किशोरीहरूले बढी  प्रयोग गर्ने गर्दछन् ।

नेपालमा सबैभन्दा बढी ५०.६ प्रतिशत २५ देखि ३४ वर्ष उमेरका मानिसहरूले स्मार्टफोन प्रयोग गर्ने गरेको ‘स्टार डट आईओ’ को रिपोर्टले देखाउँछ ‘स्टार डट आईओ’ का अनुसार नेपालमा ३४.३ प्रतिशत १८ देखि २४ वर्षसम्म उमेर समूहकाले स्मार्टफोन प्रयोग गर्ने गर्दछन् । भने, ८.६ प्रतिशत ३५ देखि ४४ वर्षका, ३.८ प्रतिशत ४५ देखि ५४ वर्षका र २.६ प्रतिशत ५५ वर्षदेखि बढी उमेरकाले स्मार्टफोनहरू प्रयोग गर्ने गर्दछन् । नेपालको सन्दर्भमा ७८.४ प्रतिशत पुरुषले स्मार्टफोन प्रयोग गर्ने गर्दछन् भने, २१.६ प्रतिशत महिलाले ।

सबैभन्दा बढी १७/१८ वर्षदेखि २४/२५ वर्ष उमेर समूहकाले बढी स्मार्टफोनहरू खरिद गर्ने न्युरोड स्थित ‘द डिजिटल इन्टरप्राइज’ का सेल्सम्यान आशिष थापा बताउँछन् । उनका अनुसार सबैभन्दा बढी गेमिङका लागि स्मार्टफोनहरू विक्री हुने गर्दछन् । त्यो पनि १७/१८ उमेर समूहमा गेमिङ स्मार्टफोनहरूको माघ व्यापक रहेको छ ।

स्मार्टफोन खरिद गर्दा के-के हेरिन्छ ? 

डिजाइन

कुनै पनि प्रयोगकर्ताले सबैभन्दा पहिला र सबैको नजरमा पर्ने भनेको स्मार्टफोनको डिजाइन हो । त्यसैले जोकसैले पनि स्मार्टफोनको डिजाइनलाई हेर्ने गर्दछ । स्मार्टफोनहरूको डिजाइनमा प्लास्टिक फ्रेम र मेटल फ्रेमलाई हेर्नुपर्ने हुन्छ । स्मार्टफोन प्रयोगकर्तालाई हेवि अर्थात् भारी  स्मार्टफोन बोक्नेले मेटल डिजाइन छनोट गर्दा राम्रो हुन्छ ।

सफ्टवेयर अपडेट

अर्को भनेको स्मार्टफोनको ‘सफ्टवेयर अपडेट’ हो । सफ्टवेयर अपडेटले नै स्मार्टफोनको भविष्यलाई देर्शाउँछ । यदि कुनै पनि स्मार्टफोन कम्पनीले २/३ वर्षसम्म अपडेटको ग्यारेन्टी दिन्छ भने, उक्त मोबाइल २३ वर्षसम्मका लागि ढुक्क भएर चलाउन सकिन्छ । अर्थात् कम्पनीले जति अपडेट दिन सक्यो स्मार्टफोन त्यतिसम्म चलाउन सकिन्छ ।

नेटवर्क 

अधिकांशले नेटवर्कलाई बेवास्ता गरेका हुन्छन् । तर, स्मार्टफोनले नेटवर्क स्पोर्ट कतिको गर्दछ त्यसलाई हेर्न जरुरी हुन्छ । प्राय स्थानहरूमा नेटवर्क अलिक सुस्त र नचल्ने समस्या हुन्छ । भने, कुनै कुनै घरको कोठाभित्र पनि नेटवर्क नटिप्ने गर्दछ  । त्यसैले नेटवर्क स्पोर्ट र कनेक्टिभिटीलाई हेर्नुपर्ने हुन्छ ।

स्टोरेज

स्मार्टफोन खरिद गर्दा स्टोरेजको कुरामा धेरैलाई सम्झाइराख्नु आवश्यक छैन । किनभने, आजकल सबैले स्मार्टफोन खरिद गर्नुभन्दा अघि स्टोरेज अवश्य हेर्छन् । स्टोरेज हेर्दा रोम र र्‍यामलाई स्पष्ट रूपमा कम्पनीले उल्लेख गरेकै हुन्छ । सामान्यतया २ देखि ४ जीवी र्‍यामले सम्पूर्ण कामहरू गर्नका लागि ठिकै हुन्छ । ४ जीवी र्‍यामदेखि ६ जीबीको र्‍यामले प्रयोगकर्तालाई फास्ट र स्मुथ अनुभव प्रदान गर्दछ । जुन गेमिङ देखि मल्टिटास्किङ गर्नका लागि उपयुक्त मानिन्छ । अहिले ८ देखि १२ जीवी र्‍यामका स्मार्टफोनहरू पनि बजारमा उपलब्ध छन् । १२ जीवी सम्मको र्‍यामले स्मार्टफोनलाई उत्कृष्ट अनुभव प्रदान गर्छ भन्न सकिन्छ  । रोम भने, अहिले २० हजार रुपैयाँमै १२८ जीबीदेखि २५६ जीवी सम्म पाउन सकिन्छ । रोम ५१२ जीवी सम्म पनि अहिलेको आवश्यकता बनिसकेको छ ।

युजर इन्टरफेस 

युजर इन्टरफेस त सबैले हेर्नुपर्ने हुन्छ । युजर इन्टरफेसले मोबाइल चलाउँदाको अनुभवलाई दर्साउँछ । यसले मोबाइल चलाउँदा कतिको ‘स्मुथ’ अर्थात् टच सेन्सिटिभिटी कतिको छ भनने।कुरालाई देखाउँछ ।

रिफ्रेस रेट

रिफ्रेस रेटले स्मार्टफोनको पर्फमेन्सलाई दर्साउँछ । अर्थात् जति बढी रिफ्रेस रेट हुन्छ मोबाइलले त्यति राम्रोसँग काम गर्दछ । ६० हर्जको रिफ्रेस रेट देखि १२० हर्ज सम्मका स्मार्टफोनहरू बजारमा उपलब्ध छन् । त्यसमा १२० हर्जको रिफ्रेस रेटलाई राम्रो मान्न सकिन्छ । ९० हर्जको रिफ्रेस रेटले पनि स्मार्टफोनलाई स्मुथ टच दिन्छ ।

फोर जी र फाइभ जी 

नेटवर्कसँगै जोडिएको अर्को विषय हो, फोर जी र फाइभ जी । विश्वको सन्दर्भमा अहिले सबैभन्दा राम्रो फाइभ जी हो । तर, फाइभ जी र फोर जी दुवैको उपलब्धताले महत्व राख्दछ । नेपालको सन्दर्भमा हरेक स्थानमा फाइभ जी उपलब्ध सम्भव छैन । त्यसैले फाइभ जी कै लागि मूल्य बढी खर्च गर्नु उचित देखिँदैन् । फाइभ जी आउँदैमा फोर जीले काम नगर्ने भन्ने हुँदैन । बस फाइभ जीले र फोर जी भन्दा अलिक राम्रो स्पिड प्रदान मात्रै प्रदान गर्ने हो । त्यो पनि नेटवर्कलाई हेरेर ।

क्यामरा

मोबाइलमा सबैभन्दा बढी आकर्षित र रुचाइने कुरा भनेक क्यामरा हो । जहाँ सिधै क्यामराको मेगापिक्सल हेर्ने गरिन्छ । मेगापिक्सलले स्मार्टफोनलाई बढी आकर्षित गर्दछ । तर, मेगापिक्सल बढी हुँदैमा क्यामरा राम्रो छ भन्ने हुँदैन् । स्माटफोनको क्यामरा कुन कम्पनीको प्रयोग गरिएको छ । सथै वाइड एङ्गल र प्रोटेट मोडलाई पनि मज्जाले हेर्नुपर्ने हुन्छ । जुन स्माटफोन खरिद गर्दा आफैले फोटो तथा भिडियो सुट गरेर हेर्न सकिन्छ । त्यसका साथै आफूलाई मन परेको स्मार्टफोनको बारेमा वेबसाइटमार्फत पनि रिभ्यु हेरेर छनोट गर्न सकिन्छ ।

ब्याट्री र चार्जिङ

स्मार्टफोनका विभिन्न फिचरहरुमा सबैले हेर्ने भनेको ब्याट्री र चार्जिङ हो । मोबाइल यति आवश्यक भइसकेको छ कि सबैले छिटो भन्दा छिटो चार्ज हुने र अत्यधिक टिक्ने खोज्ने गर्दछन् । सामान्यतया ४ हजार ५०० एमएच ब्याट्री देखि ५ हजार एमएच ब्याट्रिक अघिकांश स्मार्टफोनहरूमा पाउन सकिन्छ ।

५ हजार एमएच को ब्याट्रीले एक दिनको लागि ढुक्क भएर चलाउन सकिन्छ । तर, ६ हजार एकएचको ब्याट्रीले त्यसलाई अझ बढी टिकाउनुका साथै मोबाइल कम तताउँछ । ब्याट्रीको टिकाउपनलाई त्यसको चार्जरले पनि प्रभाव पार्दछ । ब्याट्रीको एमएच कम र चार्जर बढी वाटको हुँदा छिटै ब्याट्री बिग्रिन र कम टिक्ने हुनसक्छ ।

चार्जर १७/१७ वाटदेखि ९० वाटसम्मका उपलब्ध छन् । चार्जर जति बढी वाटको हुन्छ त्यति छिटो चार्ज हुन्छ । त्यसैले छिटो चार्ज गर्नका लागि बढी वाट भएको चर्जर सहितको स्मार्टफोन खरिद गर्दा राम्रो हुन्छ ।

कुनै पनि स्मार्टफोन किन खरिद गर्ने ?

अधिकांशले वर्षेनि स्मार्टफोनहरू परिवर्तन गर्ने गर्दछन् । भने, कतिपयले त बजारमा नयाँ मोडलको स्मार्टफोन आउने वित्तीकै खरिद गर्ने गर्दछन् । यदि त्यस्तो हो भने, फोर जी, फाइभ जीलाई हेर्नु आवश्यक देखिँदैन । किनभने, नयाँ मोडलका हरेक स्मार्टफोनमा नयाँ अपडेट र सुविधाहरू थपिँदै आउँछन् । त्यसका लागि अत्यधिक पैसा खर्च गरिरहनु पर्दैन । साथै स्टोरेजलाई पनि त्यति हेर्नुपर्ने आवश्यक हुँदैन । स्टोरेज हेर्दा र्‍याम बढी हुदैमा स्मार्टफोनले राम्रो काम गर्छ भन्ने हुँदैन । त्यसका लागि प्रोसेर र रिफ्रेसरेट पनि बढी हुनुपर्दछ ।

सबैभन्दा पहिलो स्मार्टफोनको आवश्यकता के का लागि हो रु त्यसलाई छुट्टाउनुपर्ने हुन्छ । किनभने, आवश्यकता अनुसारको स्मार्टफोनले आउट पुट पनि दिन्छ । भने, पैसा बरबाद गर्दैन ।

सामान्य प्रयोगका लागि स्मार्टफोन चाहिएमा १५ देखि २० हजार रुपैयाँमै अहिलेको आवश्यकता पुरा गर्ने स्मार्टफोनहरू बजारमा उपलब्ध छन् । त्यसबाहेक अहिले बढी र काम गर्नका लागि जस्तै गेमिङ तथा भिडियोहरू इडिट र भिडियो सुट लगायतका काम गर्नका लागि २० देखि २५ हजारको रेन्जमा थुप्रै स्मार्टफोनहरू उपलब्ध छन् । जहाँ आफ्नो आवश्यकतालाई छुट्याएर स्मार्टफोन खरिद गर्दा राम्रो हुन्छ ।

अलिक एड्भान्स र प्रिमियम क्वालेटीमा स्मार्टफोन चाहिएमा ३० देखि ४० हजार रुपैयाँको रेन्जमा मोबाइलहरू उपलब्ध छन् । भने, ४ हजार देखि ५० हजारको रेन्जका स्मार्टफोनहरूले एड्भान्सका साथै सुरक्षित कामको अनुभव पनि प्रदान गर्दछन् । त्यसभन्दा बढी मूल्यका स्मार्टफोनहरू ६० हजार रुपैयाँदेखि १ लाख २ लाख सम्मका पनि बजारमा उपलब्ध छन् ।

स्मार्टफोन खरिद एक आफ्नो शौख अर्थात् इच्छाले गरिन्छ । जहाँ मूल्य कति पर्छ त्यसको मतलब हुँदैन । अर्को शौख अर्थात् इच्छालाई पनि आम्दानी हेरेर स्मार्टफोन खरिद गरिन्छ । भने, अर्को भनेको आवश्यकता हेरेर ।

त्यसैले पहिला आफ्नो आवश्यकता छुट्याएर स्मार्टफोन खरिद गर्दा बढी उपयुक्त हुन्छ । जसमा माथि उल्लेख गरिएका स्मार्टफोनमा हेर्नुपर्ने फिचरहरूका साथै मूल्य पनि हेर्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर