गण्डकी सरकारबारे कांग्रेस- सभामुखलाई संविधानको अपव्याख्या गर्ने छुट छैन, न्यायका लागि लड्छौं – Nepal Press

गण्डकी सरकारबारे कांग्रेस- सभामुखलाई संविधानको अपव्याख्या गर्ने छुट छैन, न्यायका लागि लड्छौं

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदा संविधानको अपव्याख्या गरेको निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले असंवैधानिक कदमविरुद्ध न्याय खोज्ने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए ।

उनले भने, ‘गण्डकी प्रदेश सरकारमा असंवैधानिक काम भएका छन्, संविधान मिच्ने काम भयो । त्यसमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । संविधानको कसैले पनि अपव्याख्या गर्न पाइँदैन । संविधानमाथि राष्ट्रपति, प्रधानमन्त्री होस् वा न्यायाधिश सभामुख कोही पनि हुँदैन । संविधान नै मार्ने काम कसैले गर्न मिल्दैन । यस सन्दर्भमा न्याय खोज्ने नै हौं भन्नेमा एकमत छौं ।’

६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीको पक्षमा ३० मत गर्दा पनि सभामुख कृष्ण धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए । त्यसका विरुद्ध कांग्रेसले सर्वोच्च अदालनमा मुद्दा दर्ता गरिसकेको छ ।

यस्तै, उनले कोशी सरकारको बिषयमा पनि बैठकमा छलफल भएको बताए ।

उनले भने, ‘कोशी सरकार गठनको बिषयमा पनि सामान्य छलफल भयो, त्यसमा आफू अल्पमत छ भने त्यही ढंगले मुख्यमन्त्री प्रस्तुत हुनुपर्यो। संविधान बमोजिम कि मध्यावधिमा जानुपर्यो नभए राजीनामा दिनुपर्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर