कोशी प्रदेश प्रमुखलाई एमाले-माओवादीले दियो ५ बजेसम्मको अल्टिमेटम (भिडिओ) – Nepal Press

कोशी प्रदेश प्रमुखलाई एमाले-माओवादीले दियो ५ बजेसम्मको अल्टिमेटम (भिडिओ)

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न प्रदेश प्रमुख परशुराम खापुङ्गले समक्ष माग गरेका छन् ।

यी दलले प्रदेश प्रमुखसमक्ष ५ बजेसम्म अल्टिमेटम दिएका छन् ।

एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘सरकारको वैधानिकतामा प्रश्न उठ्ने गरी दिन गुजार्नु राम्रो होइन । आज ५ बजेसम्म निर्णय गर्नुपर्ने हुन्छ । प्रदेश प्रमुखले कि त यो सरकार ठीकै छ भन्नुपर्‍यो, या वैकल्पिक सरकारको आव्हान गर्नुपर्‍यो । नेपालको संविधान, कानून र सर्वोच्चको व्याख्याअनुसार कदम चाल्नु हुनेमा हामी विश्वस्त छौं ।’

‘प्रदेश प्रमुखले ५ बजेअगावै वैकल्पिक सरकार गठनका लागि सूचना आव्हान गर्नु होला । त्यस्तो सूचना थाहा पाउने बित्तिकै सम्भवत: आजै ५ बजे अगाडि हामी दाबी गर्छौं’, भण्डारीले थपे ।

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने समय गुजारेको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश प्रमुखसमक्ष नयँ सरकार गठनको आव्हानका लागि संयुक्त माग गरेका हुन् ।

CamScanner 05-08-2024 15.01

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर