निषेधाज्ञामा तीनवटा वाणिज्य र दुई विकास बैंकका शाखा मात्र खुल्न पाउने (आदेशसहित) – Nepal Press

निषेधाज्ञामा तीनवटा वाणिज्य र दुई विकास बैंकका शाखा मात्र खुल्न पाउने (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा वाणिज्य बैंकका तीन र विकास बैंकका दुई शाखा मात्र खुल्ने पाउने भएका छन् ।

उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको मंगलबार बसेको भर्चुअल बैठकले जारी निषेधाज्ञाको समयावधि बढाउँदै बैकिङ गतिविधिमा कडाइ तुल्याउने निर्णय गरेको छ ।

वाणिज्य बैंकको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय तथा विकास बैंकको हकमा प्रधान कार्यालय र २ शाखा कार्यालय खुल्न पाउने भएका छन् ।

आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र प्रयोग गरी कार्य संचालन गर्न दिने निर्णय समेत भएको छ । यसको अनुगमन जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय भएको छ ।

बैंकका सवारी साधन संचालनको हकमा बढीमा २ वटा सवारी पास जारी गरी सोको विवरण राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर