‘बाेक्सीकाे घर´ मा दर्शक भरिँदै, हलले शाे थपे – Nepal Press

‘बाेक्सीकाे घर´ मा दर्शक भरिँदै, हलले शाे थपे

काठमाडौं ।  आजबाट प्रदर्शनमा आएको चलचित्र ‘बोक्सीको घर’ले पहिलाे दिन दर्शकको राम्राे साथ पाएकाे छ । दर्शककाे चाप देखिएपछि प्रदर्शकहरूले शाे संख्या बढाएका छन्  ।

देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा उच्च शो पाएको ‘बोक्सीको घर’ आज धेरै हलमा हाउसफूल भयो । ललितपुरको लाबिम, काठमाडौंको सिभिल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्सका अधिकांश शो हाउसफूल भए । अन्य हलमा पनि उच्च अकुपेन्सी थियो ।

बुधबार अग्रिम टिकटक बुकिङ खोल्दै क्यूएफएक्सले ‘बोक्सीको घर’लाई काठमाडौं उपत्यकामा २४ र मोफसलमा ३२ शो दिएको थियो । नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १८ शो, बिग मुभिजले ५, एफक्यूबले ७, वान सिनेमाज कालिमाटीले ५ शो दिएका थिए । अन्य मल्टिप्लेक्सहरूले पनि उच्च शो प्रदान गरेका थिए ।

अग्रिम टिकट बुकिङ खोल्दा काठमाडौंमा क्यूएफएक्समा २४ शो पाएको ‘बोक्सीको घर’ले शनिबार ३८ शो पाएको छ । यसमध्ये ललितपुरको लाबिम मलले मात्रै ९ वटा शो प्रदान गरेको छ ।

सिभिल मलमा ८ शो पाएको छ । लाबिमका भोलि शनिबारका अधिकांश शो आजै फाष्ट फिलिङमा गएका छन् । केही शो हाउसफूल हुने क्रममा छन् । सिभिलमा पनि राम्रो अकुपेन्सी देखिएको छ ।

यो चलचित्रले शनिबार मोफसलमा क्यूएफएक्सका आउटलेटमा ४२ शो पाएको छ । जबकि टिकट बुकिङ खुल्दा शुक्रबारलाई ३२ शो दिएको थियो ।

भोलि क्यूएफएक्समा आउटलेटमा यो सिनेमा ८० शोज पाउनेछ । जबकी आज ५६ शो पाएको थियो । आजभन्दा २४ शो धेरै भोलिलाई पाएको छ । अझै शो थपिने क्रम जारी छ ।

अन्य मल्टिप्लेक्समा पनि करिब यही अनुपातमा शो बढेको र बुकिङ पनि राम्रो देखिएकाले ‘बोक्सीको घर’ले शनिबार आक्रामक कलेक्सन गर्ने आंकलन गरिएको छ ।

आजको बक्सअफिस रिपोर्ट आइनसके पनि शो र अकुपेन्सी उच्च भएकाले राम्रो कमाइ गरेको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रमा बद्री केकी अधिकारी मुख्य भूमिकामा छिन् । केकी यो चलचित्रकी निर्मात्री पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर