फिल्म घोषणाको पत्रकार सम्मेलनमै स्वस्तिमाको बोल्ड पहिरन – Nepal Press

फिल्म घोषणाको पत्रकार सम्मेलनमै स्वस्तिमाको बोल्ड पहिरन

काठमाडौं । नायिकाहरुले फिल्मको प्रिमियर वा रेड कार्पेट समारोहमा लाइमलाइट बटुल्नका लागि भड्किलो र रिभिलिङ पहिरन लगाउनु सामान्य हो । तर, एउटा मामुली पत्रकार सम्मेलनमै नायिकाले अंगप्रदर्शनको मोह राख्नुलाई के भन्ने ?

प्रसंग नायिका स्वस्तिमा खड्काको ।

आज प्रकाश सपुतले डेब्यू निर्देशन गर्ने फिल्म ‘बसन्त’ को घोषणा कार्यक्रम थियो । बिग मुभिजमा आयोजित कार्यक्रममा चलचित्रको टिम र केही गेस्टबाहेक पत्रकार मात्र थिए । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई प्रमुख अतिथिको रुपमा निम्त्याइएको थियो ।

कार्यक्रममा भुवनसँगै बसेकी नायिका स्वस्तिमाको बोल्ड पहिरन देखेर धेरैले जिभ्रो टोके । उनी आफ्नो बक्षस्थलको अधिकांश हिस्सा देखिने गरी रातो वान पिस लगाएर आएकी थिइन् । अविवाहित नायिकाहरुले पनि लगाउन धक मान्ने पहिरनमा स्वस्तिमा कम्फर्टेबल भने देखिएकी थिइनन् ।

प्रकाश सपुतको फिल्ममा अवसर पाएको अतिरिक्त उत्साहले हो वा गसिपमा छाउने रहरले स्वस्तिमाले यस्तो पहिरन रोजेकी हुन् उनलाई थाहा होला, तर यो ‘कथाको माग’ भने पक्कै थिएन ।

स्वस्तिमा यत्तिकै पनि राम्री नायिका हुन् । उनलाई क्यामराको ध्यान खिच्न यसरी बडी एक्सपोज गरिराख्नै पर्दैन थ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *