न्यू योर्क राइटर्स वर्कसप र हिमालयन लिटरेचर फेस्टिभलमा काठमाडौं आउँदै अन्तराष्ट्रिय लेखकहरु – Nepal Press

न्यू योर्क राइटर्स वर्कसप र हिमालयन लिटरेचर फेस्टिभलमा काठमाडौं आउँदै अन्तराष्ट्रिय लेखकहरु

काठमाडौं । काठमाडौंमा ३५ जना अन्तर्राष्ट्रिय लेखक तथा प्रशिक्षक भेला हुने भएका छन् । आगामी जेठ ९ (मे २२) मा हुने अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा कार्यशालामा सहभागी हुन उनीहरु काठमाडौंमा भेला हुने भएका हुन ।

यस्तै जेठ १४ र १५ (मे २७ र २८) मा सो कार्यशाला विस्तार गर्दै हिमालयन लिटरेचर फेस्टिभल हुने भएको छ । कार्यक्रम ठमेलको काठमाडौं गेस्ट हाउसमा हुने फेस्टिबल निर्देशक सृजना भण्डारीले जानकारी दिइन् ।

भण्डारीका अनुसार फेस्टिभलमा प्यानल छलफल, विभिन्न भाषाका कविता वाचन, पुस्तक विमोचन र अन्तरक्रियाहरु हुने भएका छन् । हिमालयन पोएट अर्थात हिमाली कवि भनेर विश्वभर पहिचान बनाएका कवि युसुत्सु आरडी शर्माको पहलमा विश्वस्तरीय साहित्य सम्मेलन हुन लागेको आयोजकले बताएको छ ।

लोर्डेस रोड्रिग्वेज टमलिन्सन तथा डा. रविशंकर जस्ता लेखकहरु आउने कार्यक्रममा जेमी प्रोक्टर जू, जुली कृष्णान विलियम्स, डा. टोनी बार्नस्टोन आदि उपस्थित हुनेछन् ।

यस्तै नेपालका लागि अस्ट्रेलियाली राजदूत तथा साहित्यकार फेलिसिटी भोल्क पोल्यान्डका कवि सन भान र डारियस लेबियोडा, पानामानियन कवि गोर्का लासा, दक्षिण अफ्रिकी कवि तथा कलाकार जाहरोज जाफ्ता, अमेरिकी कविहरू रुथ डेनन, पिटर एलेनस्पच र उनकी पत्नी दा माओ, अंग्रेजी कवि मारिया क्लेयर हिथ, ग्रीक कवि, लेखक तथा शिक्षक भयासिलिस मनुसाकिस सहभागी हुनेछन् ।

त्यस्तै हिन्दी उपन्यासकार पंकज बिष्ट, भारतीय कवि तथा विद्वान के सच्चिदानन्दन, हङकङका लेखक तथा कलाकार नेभिल सारोनी, हङकङका फोटोग्राफर ब्रायन हाउ र संगीतकार, लेखक, परोपकारी जेन हङ, एनवाइयू अबुधाबीका लेखक तथा प्राध्यापक पाया मुस्तमाकी, अष्ट्रेलियाली लेखक लिजी प्याकर, साथै नयाँ लेखकहरू क्याथलिन बटलर, क्याथरिन केम्फ, एन गोर्डन, न्यान्सी पेरिस र मारियान साइबेरास पनि सहभागी हुने बताइएको छ ।

नेपालबाट द्वारिका श्रेष्ठ, नारायण वाग्ले, शैलेन्द्र साकार, राजकुमार बानियाँलगायत उपस्थित हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *