राजेश हमालले सुनाए कलेज जीवनको किस्सा- कारभित्र भारतीय प्रेमिकालाई किस खाँदा पुलिसले समात्यो – Nepal Press

राजेश हमालले सुनाए कलेज जीवनको किस्सा- कारभित्र भारतीय प्रेमिकालाई किस खाँदा पुलिसले समात्यो

काठमाडौं । अभिनेता राजेश हमाल जतिबेलासम्म अविवाहित थिए, उनका प्रेम प्रसंगहरु खासै चर्चामा आएनन् । उनले मिडियामा कहिल्यै आफ्नो प्रेमबारे खुलेर बोलेनन् पनि ।

५० वर्ष काटेपछि हमालले आफूभन्दा झण्डै आधा उमेरकी प्रेमिका मधु भट्टराईसँग विहे गरेका थिए । यो जोडी अहिले ह्याप्पी कपलका रुपमा चिनिन्छ । उनीहरुले सन्तान भने जन्माएका छैनन् ।

उमेरले प्रौढ अवस्थामा रहेका हमाल आजकाल आफ्नो विगतबारे खुलेर बोल्न हिच्किचाउँदैनन् । उनको एउटा अन्तरवार्ता भर्खरै सार्वजनिक भएको छ, जसमा उनले आफ्नी भारतीय प्रेमिकासँगको एउटा रमाइलो किस्सा सुनाएका छन् । हमालका अनुसार यो घटना उनी चण्डिगढमा कलेज पढ्दै गर्दाको हो, जतिबेला उनी उमेरले १७ वर्ष मात्र पुगेका थिए ।

चण्डिगढकै एक युवतीसँग हमालको प्रेम थियो । उनीहरु विभिन्न स्थानमा डेट गइराख्थे । युवतीको निजी कार पनि थियो ।

एकपटक प्रेमिकाको कार चढेर हमाल घुम्न निस्किएका थिए । कार हमालले चलाएका थिए । एउटा एकान्त ठाउँमा उनले कार रोके । हमालले बताए अनुसार उनी ड्राइभिङ सिटमा र प्रेमिका छेउका सिटमा थिइन् । खुल्ला स्थानमै उनीहरु चुम्बनमा लिप्त भए ।

यसरी अन्तरंग प्रेममा डुबिरहँदा अचानक कसैले कारको झ्यालमा ढकढक गर्यो । यसो हेर्दा त अगाडि प्रहरी थियो ।

‘यो के राम लिला हो ? लाज लाग्दैन ?’ प्रहरीले सोधेछन् । युवती आत्तिइन् । हमाल भने सम्हालिए ।

उनले उल्टै प्रहरीलाई अञ्जान बनेर सोधे, ‘यस्तो गर्न पाईंदैन र ?’

प्रहरीले उनीहरुलाई चौकीतिर लिएर गए । केहीबेर केरकार गरेर आफूहरुलाई छोडिएको हमाल बताउँछन् ।

यस्तो घटना मिडियामा सुनाउँदा घरमा भाउजु त रिसाउनु हुन्न नि ? भन्ने पत्रकारको प्रश्नमा हमालले जवाफ दिएका छन्, ‘किन रिसाउने ? उनलाई सबै थाहा छ । फेरि ठूलो कुरा पनि होइन । ती युवतीलाई त अहिले मैले बिर्सी पनि सकेँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *