‘गाउँ आएको बाटो’ जेठ २५ गतेबाट (भिडिओ) – Nepal Press

‘गाउँ आएको बाटो’ जेठ २५ गतेबाट (भिडिओ)

काठमाडौं । चलचित्र ‘गाउँ आएको बाटो’ जेठ २५ गतेबाट प्रदर्शन हुने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराइयो । सँगै चलचित्रको टिजर पनि सार्वजनिक गरिएको छ । किराँत राई समुदायको पृष्ठभूमिमा बनेको यस चलचित्रले गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उत्तारचढावलाई देखाइएको छ ।

नेपाली समाजमा सन्तन हुर्काउन बुबाले गरेको संघर्ष चलचित्रमा देख्न सकिन्छ । कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले चलचित्रमा गाउँमा बाटो आएपछिको समस्या, सम्बन्धमा मनमुटावका कथावस्तुलाई समेटिएको बताए ।

गायक राजेशपायल राईले फिल्ममा आफू पनि जोडिन पाउँदा खुशी लागेको बताए ।

नवीन सुब्बाद्वारा निर्देशित यस चलचित्रमा दयाहाङ राई, प्रसन राई, प्रेम सुब्बा, राज थापा, केशव राईलगायतको अभिनय छ । जोस हेरमद्वारा छायांकन भएको चलचित्रको सम्पादक क्वान पुन लुङ छन् । अमोद राईले निर्माण गरेको चलचित्रको लेखन नवीन सुब्बा र महेश राईको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *