‘बोक्सीको घर’ बारे स्वस्तिमा भन्छिन्- ३० कटेका विवाहित हिरोइन रुचाइँदैनन् भन्ने भाष्य तोडियो – Nepal Press

‘बोक्सीको घर’ बारे स्वस्तिमा भन्छिन्- ३० कटेका विवाहित हिरोइन रुचाइँदैनन् भन्ने भाष्य तोडियो

काठमाडौं । नायिका केकी अधिकारीको होम प्रोडक्सन फिल्म ‘बोक्सीको घर’ सुपरहिट भएपछि अर्की नायिका स्वस्तिमा खड्काले खुशी व्यक्त गरेकी छन् । यो चलचित्रको सफलताले अभिनेत्रीका विषयमा विद्यमान थुप्रै रुढिवादी चिन्तन तोडिएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै स्वस्तिमाले यो फिल्मले आफूलाई बेग्लै दृष्टि दिएको बताएकी छन् । ३० काटेका अभिनेत्रीलाई दर्शकले पर्दामा हेर्न नचाहने, महिलाप्रधान चलचित्र सफल नहुने, विवाहित अभिनेत्रीलाई दर्शकले नरुचाउने जस्ता रुढीवादी चिन्तनको जरामा यो चलचित्रले आगो लगाइदिएको उनले उल्लेख गरेकी छन् ।

‘चलचित्रका गुण अवगुणलाई एकातिर पन्छाएर म यो ‘छलाङ’ लाई उत्सव झैं मनाउन चाहन्छु,’ उनले लेखेकी छन् ।

स्वस्तिमाको स्टाटसः

बोक्सीको घरु अहिले दर्शकप्रेमले भरिएको छ । हरेक उमेर समूहलाई यसले फरक–फरक आँखिझ्याल दिएको छ । सदियौंदेखि सुन्दै आएको सामाजिक कुरीतिको कथा भएकाले ुबोक्सीको घरु सबैको फिल्म भएको छ ।

मलाई भने यो फिल्मले बेग्लै दृष्टि दिएको छ । खासगरी नेपाली फिल्म क्षेत्रमा ुबोक्सीु प्रथाजस्तै केही रुढीवादी चिन्तन व्याप्त छन्, जस्तोः

–३० वर्ष उमेर पार भएकी अभिनेत्रीलाई दर्शकले पर्दामा हेर्न चाहँदैनन्
–महिलाप्रधान चलचित्रहरू व्यावसायिक रूपमा सफल हुँदै हुँदैनन् ।
–अभिनेत्रीहरूलाई पुरुष कलाकारको साथ चाहिन्छ चाहिन्छ ।
–विवाहित अभिनेत्रीहरू चलचित्रमा रुचाइँदैनन् ।

बोक्सीको घरुले यी सबै रुढीवादी चिन्तनको जरामा आगो लगाइदिएको छ । अभिनेत्रीलाई लिएर चलचित्र क्षेत्रमा व्याप्त कयौं गलत भाष्यलाई गलत सावित गरिदिएको छ । चलचित्रका गुण र अवगुणलाई एकातिर पन्छाएर म यो ‘छलाङ’लाई उत्सवझैं मनाउन चाहन्छु ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *