किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द हुने, यी हुन् ९ बजेसम्म खुल्न पाउने पसलहरु (आदेशसहित) – Nepal Press

किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द हुने, यी हुन् ९ बजेसम्म खुल्न पाउने पसलहरु (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अवधिभर डिपार्टमेन्टल स्टोर र खाद्यान्न तथा किराना पसल समेत बन्द हुने भएका छन् ।

मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १४ गतेदेखि लागु हुने गरि ती पसल बन्द गर्ने निर्णय गरेका हुन् ।

तरकारी तथा फलफूलको थोक बजारमा फुटकर विक्री वितरण गर्न नदिने निर्णय पनि सीडीओहरुको छ । स्थानीय ढुवानी बिहान ९ बजेसम्म गर्न पाइने निर्णय पनि भएको छ ।

तरकारी, फलफूल, दूध डेरी, मासु, खानेपानी र ग्याँस पसलहरु बिहान ९ बजेसम्म मात्र खुला गर्ने निर्णय पनि भएको छ ।

नयाँ आदेशअनुसार निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर