एमाले महाधिवेशनमा चित्र कोर्नेहरु को हुन्, के कोरिरहेका छन् ? (भिडिओ रिपोर्ट) – Nepal Press

एमाले महाधिवेशनमा चित्र कोर्नेहरु को हुन्, के कोरिरहेका छन् ? (भिडिओ रिपोर्ट)

चिनवन । सौराहा नेकपा (एमाले) को १० औं महाविधेशनको बन्दसत्रका लागि चयन गरिएको स्थान हो ।

‘होटेल सेभेन स्टार’मा बन्द सत्रको तयारी भइहँदा नजिकैका पर्खालहरु भने कलाकारले रंगाइरहेका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ मुख्य थिममा ९७ कलाकारले चित्र कोरेका छन्।

खासमा यो एमालेको महाधिवेशन मुल आयोजक कमिटीको ‘कन्सेप्ट’मा कलाकारले चित्र कोरेका हुन् ।

कलाकार योगेश खनालका अनुसार सिर्जनशिल ललितकला संघको नेतृत्वमा कलाकारले चित्र कोरेका हुन् । उनका अनुसार एमालेको महाधिवेशन केन्द्रित भए पनि खासमा यो प्रतियोगिता हो ।

चितवन र नवलपरासीका कलाकारहरु यो प्रतियोगीतामा सहभागि भएका छन्। हिजो बिहान ७ बजेदेखि आज दिउँसो ४ बजेसम्म कलाकारले चित्र कोरेका थिए।

देश कसरी समृद्ध बन्छ भन्ने लगायतका विषय चित्रले समेटेका छन् । प्रतियोगीताका बिजाहरुले उचित पुरस्कार पनि पाउने छन् ।

हेर्नुहोस् भिडिओ रिपोर्टः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर