टेस्लाको मुख्य कार्यालय क्यालिफोर्निया बाहिर सार्ने इलोन मस्कको घोषणा – Nepal Press

टेस्लाको मुख्य कार्यालय क्यालिफोर्निया बाहिर सार्ने इलोन मस्कको घोषणा

काठमाडौं । इलोन मस्कले विश्व प्रसिद्ध इलेक्ट्रोनिक कार निर्माता कम्पनी टेस्लाको मुख्य कार्यालय क्यालिफोर्नियाबाट अस्टिन सार्ने घोषणा गरेका छन् ।

विहीबार भएको सेयर होल्डरहरूबीचको बैठकमा मस्कले मुख्य कार्यालय स्थानान्तरण गर्ने बताएका हुन् । विहीबारको बैठक अस्टिनमा निर्माणधीन प्लान्टमा बसेको थियो । त्यो प्लान्टबाट वर्षको अन्तिमसम्म साइबरट्रक, सेमी ट्रक, मोडेल-३ र मोडेल वाई निर्माण गर्ने तयारी छ ।

‘मुख्य कार्यालय अस्टिन- टेक्सास सार्ने घोषणा गर्न पाउँदा म एकदमै उत्साहित छु,’ विहीबार अनलाइनमा लाइभ स्ट्रिमिङ गरिएको बैठकमा मस्कले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर