आईटी व्यापार विश्वव्यापी रूपमा बढाउन सक्ने गरी कानून संशोधन गर्दैछौ : मन्त्री रेखा शर्मा – Nepal Press

आईटी व्यापार विश्वव्यापी रूपमा बढाउन सक्ने गरी कानून संशोधन गर्दैछौ : मन्त्री रेखा शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आईसीटी व्यवसायले विश्वव्यापी रूपमा बढाउन सक्ने गरी कानुन संशोधन गर्न लागेको बताएकी छिन् ।

नेपाल वाणिज्य संघ काठमाडौंद्वारा आयोजित ‘एनसीआइसीके डिजिटल एक्पो २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाली आइटी व्यवसायलाई विश्वव्यापी रूपामा बढाउन सक्नेगर कानून संशोधन गरिन लागेको बताएकी हुन् ।

यस्तो छ उनको भनाई

निजी क्षेत्रका बाधा बनेका समस्यालाई सम्बोधन गर्ने प्रयास गरिरहेका छौ । त्यसमा पनि अहिले नेपाली आइटी कम्पनीले देश बाहिर व्यापार बढाउन नसक्ने अवस्थालाई हटाउन हामी कानुन संशोधन गर्दै छौ । अहिले कृषि, ऊर्जा र पर्यटनमा आइसीटी पनि जोडिएको छ । देशको कमजोर अर्थतन्त्रलाई सबलीकरण गर्नका लागि आइसीटी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्छ । विश्वमा भइरहेको प्रविधिको विकासलाई हेर्दै अगाडि बढ्नुपर्ने हो । देशको अर्थतन्त्र जोगाउन आइटी क्षेत्रले भूमिका खेल्छ । अनलाइन व्यापार बढेको छ । अहिलेका पुस्ताले पैसा बोक्दैन । सबैतिर क्युआर देखि कार्ड स्वाईप गर्छन् । जसरी पछिल्लो समय जुन किसिमले डिजिटल कारोबार र डिजिटल गतिविधि बढिरहेको छ । यसलाई मध्यनजर गर्दै कानुनी व्यवस्था मिलाइरहेका छौ । आइसीटी व्यापार नेपाल बाहिर सम्म बढाउन सक्ने गरी कानुन बनाउँदै छौ । यसका लागि सबै कानुनहरू राष्ट्रपति सामु पठाएका छौ । वैदेशिक लगानीलाई कसरी बढाउने र यहाँको व्यापार बाहिरसम्म पुग्ने गरी काम गरिरहेका छौ । डिजिटल कुराले सबै क्षेत्रमा प्रभाव पार्छ । देशव्यापी रूपमा डिजिटल कुरामा जोड दिइरहेका छौ ।
डिजिटल नेपाल फेमवर्क मार्फत पनि कानुनहरू बनाउने गरिरहेकै छौ । पर्यटन क्षेत्र भनेर भएन । पर्यटन क्षेत्रहरूलाई डिजिटल रूपमा प्रवर्द्धन गर्न सक्यौँ भने त्यसले काया पलट गर्छ । युवाहरूलाई नेपालमै बसेर आफ्नो सेवा बाहिर बेच्न सक्छौ भन्ने उदाहरण दिन सक्ने राम्रो प्लेटफर्म डिजिटल हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर