म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार – Nepal Press

म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । गएराति भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसको हातबाट ४–० को हार बेहोरेको छ ।

हारले युनाइटेड आठौं स्थानमा रह्यो र अर्को सिजन युरोपमा खेल्ने सम्भावना कमजोर बन्यो । प्यालेसको जितमा खेलको १२ औं मिनेटमा माइकल ओलिसले पहिलो गोल गरेका थिए ।

युनाइटेड विरुद्ध हावी देखिएको प्यालेसको लागि खेलको ४० औ मिनेटमा फिलिप माटेटा, खेलको ५८ औं मिनेटमा टेरिक मिचेल तथा ६६ औं मिनेटमा पुनः माइकलले गोल गर्दै टिमलाइ सानदार ४–० को जित दिलाए ।

हारपछि युनाइटेडको अर्को सिजन युरोपा लिग खेल्ने सम्भावना न्यून बनेको छ । लिगको पाँचौ स्थानमा रहने टोलीले युरोपा लिग खेल्न पाँउछ तर युनाईटेडको ३५ खेलबाट ५४ अङ्क छ र उ आठौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *