लेभरकुजन ‘अनबिटन’ च्याम्पियन – Nepal Press

लेभरकुजन ‘अनबिटन’ च्याम्पियन

काठमाडौं । जर्मनको बुन्डेसलिगामा पूरा सिजन अनबिटन (अपराजित) रहदै जर्मनको बुन्डेसलिगा जित्ने टोलीको रुपमा बायर लेभरकुजनले इतिहास बनाएको छ ।

लिगको अन्तिम खेलमा असबर्गलाई २–१ ले हराउँदै बायरले पहिलो पटक जितेको बुन्डेसलिगामा नयाँ कीर्तिमान समेत बनाएको हो ।

लिगमा खेलिएको ३४ खेल मध्य २८ मा जित तथा ६ खेलमा बराबरी खेल्दै बायरले कुल ९० अंक सहित प्रथम स्थान हासिल गर्न सफल बन्यो । उस्ले दोश्रो र तेश्रो स्थानको टोलीलाई निकै पछाडि छाडेको छ ।

बायरको लागि यो सिजन तीनवटै उपाधि जित्ने अवसर पनि छ । बायरले बुधबार डब्लिनमा हुने युरोपा लिगको फाइनलमा एटलान्टाको सामना गर्नेछ । त्यसको तीन दिनपछि जर्मनर कपको फाइनलमा काइजरर्स्लटनसँग भिड्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर