एमाले रामेछापमा नेता कार्यकर्ताले खोजेको नेतृत्व – Nepal Press

एमाले रामेछापमा नेता कार्यकर्ताले खोजेको नेतृत्व

नेकपा एमाले जिल्ला कमिटी रामेछापको नवौं जिल्ला अधिवेशन बैशाख २६ देखि २८ गतेसम्म हुँदैछ । नेपाली वाम आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठको जन्मभूमिसमेत रहेको रामेछापमा एमालेको नवौं जिल्ला अधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्दैछ । नेतृत्वका आकांक्षी को को छन् वा कसको पल्लाभारी हुने सम्भावना बलियो छ भनेर अहिले नै लख काट्नु बुद्धिमानीपूर्ण नहोला । तर, जिल्लामा विचारमा स्पष्ट र विकासका योजना निर्माणदेखि त्यसको व्यवहारिक कार्यान्वयनमा समेत पहिलो मानिएको नेकपा एमालेले निर्वाचनमा व्यहोर्नुपरेको पराजय उल्ट्याउन सक्ने क्षमता भएका पात्र रामेछाप एमालेका लागि अपरिहार्य छ । ८ पालिकाका ६४ वटै वडाका संगठित सदस्य, पार्टी कार्यकर्ता र शुभेच्छुकहरुको यस पटकको चाहना यही नै हो ।

सँगै पार्टी सत्तामा हुँदा वा विभिन्न निकायहरुमा पार्टीको तर्फबाट नेतृत्वमा पुगेकाहरुबाट हुने असमान बजेट वितरण तथा विकासलाई रोक्दै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेर पार्टीको घोषणापत्र, पार्टीको नीति, विचार र सिद्धान्तको मर्मअनुरुपका कार्य गराउन सक्ने नेतृत्व यसपालि रामेछापले चयन गर्नुपर्नेछ । पार्टीबाट उम्मेदवार बनेर निर्वाचित भएका जनप्रतिनिधिले बिर्सिएका घोषणापत्र र प्रतिबद्धताहरु सम्झाउँदै उनीहरुलाई त्यसअनुसार कार्यसम्पादनका लागि दबाबै दिनुपर्ने बेला भइसकेको छ । यसका लागि हक्की, निडर र जनतालाई केन्द्रविन्दुमा राखेर नीति बनाउन सक्ने नेतृत्व चाहिन्छ । यसका लागि कसको दावेदारी बलियो छ वा कुन केन्द्रीय नेताको उम्मेदवार को हो भन्ने कुराले भन्दा पनि सबै भूगोल र जनसंगठनबाट छानिएर आएका ७०० जना प्रतिनिधिहरुको विवेक नै सबैभन्दा महत्वपूर्ण हुन्छ ।

हामी कतै न कतै अनुशासनहीन भयौं कि भन्ने कुरालाई पार्टीले गम्भीर समीक्षाको विषय बनाउनुपर्छ । कुनै अमुक नेताको ‘एस म्यान’ बनेर नेतृत्व हत्याउने चाहना यदि कसैले राखेको छ भने त्यस्तो व्यक्तिको नेतृत्वबाट कार्यकर्ता पङ्क्तिले अनुशासन सिक्न सक्दैन ।

साथै ‘युथ लिडरशीप’को बहस अहिले देशव्यापी बनिरहेको छ । दलहरुले युवालाई विश्वास गर्दैनन्, जिम्मेवारी दिँदैनन् भन्ने हल्ला व्यापक हुँदा जनताका घरघरमा पुगेका राष्ट्रिय शक्तिहरुप्रति एक खालको वितृष्णा फैलँदो छ । यो भनेको राष्ट्रिय शक्ति कमजोर हुनु हो । राष्ट्रिय शक्ति कमजोर हुनु भनेको राष्ट्र कमजोर हुनु हो । यसकारण यसपालि नेकपा एमाले रामेछापले नवौं जिल्ला अधिवेशनमार्फत हामी युवालाई विश्वास गर्छौं, हामी युवाको नेतृत्व क्षमतालाई आत्मसात गर्छौं भन्ने महत्वपूर्ण सन्देश पनि दिन सक्नुपर्नेछ । यसको अर्थ यो पङ्क्तिकारकै उमेर समूहका कोहीअल्लारे व्यक्तिले नेतृत्वको चाहना राखेकै आधारमा उमेर हेरेर उसलाई विश्वास गर्नुपर्छ भन्ने होइन । विचारमा युवा, जसले नवीनतम् सोचका साथ निर्णय क्षमता प्रस्तुत गर्न सक्छ, जसले अहिलेको प्रविधि बुझेको छ, जसले अहिलेको आधुनिक परिवेशसँग सहजै साक्षात्कार गर्नसक्छ, जसले भू-राजनीतिक अवस्थिति बुझेको छ, उसलाई नेतृत्वका रुपमा स्वीकार गर्ने हिम्मत रामेछाप एमालेले राख्नुपर्छ ।

अर्को महत्वपूर्ण विषय भनेको आमकार्यकर्ताको अनुशासनको विषय पनि हो । जिल्लाका सबै पालिका र वडामा पार्टीलाई बलियो बनाउन आवश्यक छ । राम्रो संगठन भएका वडा र पालिकामा पनि चुनावमा पराजित हुनुपरेको स्थिति छ । यसकारण हामी कतै न कतै अनुशासनहीन भयौं कि भन्ने कुरालाई पार्टीले गम्भीर समीक्षाको विषय बनाउनुपर्छ । कुनै अमुक नेताको ‘एस म्यान’ बनेर नेतृत्व हत्याउने चाहना यदि कसैले राखेको छ भने त्यस्तो व्यक्तिको नेतृत्वबाट कार्यकर्ता पङ्क्तिले अनुशासन सिक्न सक्दैन ।

युवा पुस्तालाई पार्टीमा संगठित गर्दै उनीहरुलाई उत्पादन र रोजगारीमा जोड्न जोश, जाँगर र भिजन तथा ठोस योजना बोकेको व्यक्तिले नेतृत्व गर्नुपर्छ । यदि नेतृत्व गर्ने व्यक्ति जोश, जाँगर र भिजनविहीन भयो भने युवा पङ्क्ति नेतृत्वप्रति विश्वस्त हुन सक्दैन र फलतः पार्टीको संगठन कमजोर हुन्छ र मुलुकमा परनिर्भरता बढ्दै जान्छ ।

यसैगरी अहिले राजनीतिक दलहरुले युवा पुस्तालाई संगठित गर्दै उत्पादन र रोजगारीमा केन्द्रित गराउनुपर्ने देशकै आवश्यकता छ । यसको मूल दायित्व नेकपा एमालेकै हो । किनकि यो देशलाई सबल अर्थतन्त्र भएको मुलुक बनाउनुपर्छ भन्ने एमाले नै पहिलो र एकमात्र पार्टी हो । जसले आफ्नो चुनावी घोषणापत्रमा देखाउन होइन, आफ्नो पार्टीको राजनीतिक दस्तावेजमा नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा अघि सारेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाटो के हो, कसरी पुगिन्छ भन्ने कुरा प्रस्तुत गरेको छ । यसकारण युवा पुस्तालाई पार्टीमा संगठित गर्दै उनीहरुलाई उत्पादन र रोजगारीमा जोड्न जोश, जाँगर र भिजन तथा ठोस योजना बोकेको व्यक्तिले नेतृत्व गर्नुपर्छ । यदि नेतृत्व गर्ने व्यक्ति जोश, जाँगर र भिजनविहीन भयो भने युवा पङ्क्ति नेतृत्वप्रति विश्वस्त हुन सक्दैन र फलतः पार्टीको संगठन कमजोर हुन्छ र मुलुकमा परनिर्भरता बढ्दै जान्छ ।

यसकारण नेकपा एमाले रामेछापको नवौं जिल्ला अधिवेशनका लागि छनोट हुनुभएका सबै प्रतिनिधिहरुमा आफ्नो विवेक प्रयोग गरेर रामेछापलाई आगामी दिनमा एमालेमय बनाउन सक्ने व्यक्तिलाई नेतृत्वमा छनोट गर्ने शुभ अवसर आएको छ । साथै, केन्द्रीय नेताका रुपमा रहेका व्यक्तित्वहरुले जिल्लाको माहोल बिगार्ने कुनै पनि गतिविधि नगरिदिए एमालेका काविल प्रतिनिधिहरुले आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्ने कुरामा कुनै शंका छैन ।

(थापा प्रेस चौतारी नेपाल रामेछापका सचिव हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *