नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण – Nepal Press

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

नेपाल सरकारले चालु आर्थिक वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको भए पनि विश्व बैंकले भने ३.९ भन्दा माथि नजाने निष्कर्ष निकालेको हो । विश्व बैंकका अनुसार कोभिड-१९ विरुद्धको खोप लगाउन ढिलाइ, कोभिडको नयाँ भेरियन्ट र बढ्दो सार्वजनिक ऋणका कारण नेपालको आर्थतन्त्र प्रभावित हुने बताएको छ । विश्व बैंकका अनुसार यो वर्ष नेपालमा कृषि क्षेत्रको योगदान भने बढ्ने अनुमान गरेको छ ।

मनसुनी वर्ष र रासयनिक मलको पर्याप्त आपूर्ति भएकाले पनि यो वर्ष २.७ प्रतिशतले कृषि क्षेत्रको योगदान रहने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्ष कृषि क्षेत्रको योगदान २.२ प्रतिशतमा सीमित थियो । विश्व बैंकल नेपालको महंगी अझै बढ्ने प्रक्षेपण गरेको छ । बैंककाअनुसार चालु आवमा महंगी ७ प्रतिशतसम्म बढ्ने अनुमान छ । साथै उत्पादन क्षेत्रमा उद्योग तथा सेवा क्षेत्रको योगदान १.६ प्रतिशतसम्म रहने विश्व बैंकको भनाइ छ ।

साथै, अहिले नेपालमा रेमिट्यान्सको आप्रवाहमा कमी आइरहेकाले ऋण भुक्तानीमा समस्या पर्नसक्ने अनुमान विश्व बैंकको छ । साथै, कोभिडका कारण नेपालको गरिबी अझै बढेको अनुमान बैंकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर