टोकियो ओलम्पिक : ग्रेट ब्रिटेनलाई पहिलो पदक – Nepal Press

टोकियो ओलम्पिक : ग्रेट ब्रिटेनलाई पहिलो पदक

काठमाडौं । टोकियो ओलम्पिकमा चेल्सी गिल्सले जुडोमा ग्रेट ब्रिटेन टोलीका लागि पहिलो पदक जितेकी छन् । उनले महिलातर्फको ५२ के जी तौल समूहमा कास्य पदक जितेकी हुन् ।

२४ वर्षीया गिल्सले स्विट्जरल्यान्डकी फाबियन्नी कोचेरलाई इप्पोनले हराएकी छन् । गिल्स जापानकी उता आबीसँग सेमिफाइनलमा पराजित भए पनि बेल्जियमकी चार्लिन भ्यान स्निकलाई रिपेचेजमा हराउँदै कास्य बिजेता बनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर