कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका साढे ९ हजार नेपालीले कार्यक्षेत्र परिवर्तन गर्न पाउने (सूचीसहित) – Nepal Press

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका साढे ९ हजार नेपालीले कार्यक्षेत्र परिवर्तन गर्न पाउने (सूचीसहित)

काठमाडौं । कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका नौ हजार ४२८ जना नेपाली श्रमिकले कार्यक्षेत्र परिवर्तन गर्न पाउने भएका छन् ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले शुक्रबार एक सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीमा लागि कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेका नौ हजार ४२८ जना नेपाली युवालाई त्यो दुई वटा बाहेकको कार्यक्षेत्र परिवर्तन गर्ने दक्षिण कोरियाले मौका दिएको हो ।

एचआरडी सर्भिस अफ कोरियाबाट २५ अप्रिल २०२४ अप्रिलमा प्राप्त पत्र अनुसार कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमुलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षा (इपीएस टोपिक) उर्तीण भई रोजगार ओवदन फाराम भरेर रोष्टरमा रहेर पनि रोष्टरको अवधि २१ डिसेम्बर २०२४ भित्र सकिने नेपाली श्रमिक युवाले सर्भिस सेक्टरतर्फ रोष्टर परिवर्तन गर्न सकिने भन्दै नमावलीसहितको तालिका शाखालाई उपलब्ध गराएकाले उक्त अवसर सदुपयोग गर्न चाहनेले आफूले चाहने सेवा क्षेत्रमा आवेदन दिन ईपीएस शाखाले सूचनामार्फत आव्हान गरेको छ ।

सूचीमा रहेका व्यक्तिले बैशाख १४ गते शुक्रबारदेखि वैशाख १८ गते मंगलबार अर्थात पाँच दिनभित्र इपिएस कोरिया शाखाको वेवसाइटमा रहेको नमुना फाराम पिन्ट गरेर पूर्ण रुपमा आफ्नो विवरण भरेर फाराममा राहदानी अनुसारको दस्तखत गरी शाखाको इमेलमा स्क्यान गरेर आवेदन पेश गर्न अनुरोध गरेको शाखा प्रमुख मैया कडेलले नेपाल प्रेससँग बताईन । उनका अनुसार आवेदन दिनका लागि पूर्ण रुपमा भरेको कार्यक्षेत्र परिवर्तनको फाराम, राहदानी, परीक्षाको प्रवेश पत्र पेश गर्नुपर्नेछ ।

आफ्नो विवरण भर्दा पुरा र शुद्धसँग भर्नुपर्ने, अपुर्ण र अशुद्ध विवरणको कारण फाराम रद्द भएमा सम्बन्धित निकाय जवाफदेहि नहुने जनाइएको छ ।

कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमुलक क्षेत्रतर्फको रोष्टरको अवधि ३१ डिसेम्बर २०२४ भित्र समाप्त भएको हुनुपर्ने, यदि आवेदकको संख्या आवश्यक भन्दा बढी भएमा जसको रोष्टरको अवधि छोटो छ, त्यस्तो आवेदकलाई पहिलो प्राथमकिता दिइने उल्लेख छ ।

शाखाले यदि कसैले पहिले नै रोजगारदाताले श्रम श्रम जारी गरिसकेको वा रोष्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएमा कार्यक्षेत्रमा रोष्टर परिवर्तन गर्न नपाइने भनिएको छ । कार्यक्षेत्र परिवर्तनपछि रोष्टरको अवधि अघिल्लो रोष्टरको वाँकी अवधि बराबर नै हुने अर्थात रोष्टरको अवधि थप नहुने उल्लेख छ ।

कार्यक्षेत्र परिवर्तन हुनु भनेको कोरियामा रोजगारको लागि जान पाउने ग्यारेन्टी भने नभएको शाखाले सूचनामार्फत भनेको छ । भविष्यमा कार्यक्षेत्र परिवर्तनका लागि आवश्यक रोष्टर संख्या पर्याप्त भएमा, साविकको कार्यक्षेत्र अर्थात कृषि तथा पशुपालन वा उत्पादनमुलकमा फिर्ता गर्न चाहनेलाई त्यसै कार्यक्षेत्रमा फिर्ता हुन मिल्ने जनाइएको छ ।

सूची:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर