विजुलीको पोल पोखरीमा ढल्दा करेन्ट लागेर एक जनाको मृत्यु – Nepal Press

विजुलीको पोल पोखरीमा ढल्दा करेन्ट लागेर एक जनाको मृत्यु

जनकपुरधाम । सिरहाको धनगढीमाई नगरपालिका–६ विष्णुपुरकट्टीमा विजुलीको पोल ढल्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

तारमा करेन्ट प्रवाह भइरहको पोल ढलेर पोखरीमा खसेपछि चौपायलाई पानी खुवाउन पुगेका बौका भनिने तुलसी यादवको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर उनको एउटा भैंसी पनि मरेको छ ।

जीर्ण पोल नहटाउँदा दुखद् घटना भएको भन्दै स्थानीयले प्रशासनको विरोध गरेका छन् ।

घटनास्थलमा पुगेका प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *