प्रदेश २ मा भारी वर्षा, बस्ती डुबानमा – Nepal Press

प्रदेश २ मा भारी वर्षा, बस्ती डुबानमा

जनकपुरधाम । प्रदेश २ का जिल्लाहरुमा मध्यरातदेखि नै हावाहुरीसँगै भारी वर्षा भइरहेको छ । बंगालको खाडीबाट विकसित भएको यास चक्रपातका कारण जारी वर्षाले जनजीवन प्रभावित पारेको हो ।

वर्षाले अत्यावश्यक कामका लागि पनि मानिसहरु अत्यावश्यक कामको लागि गन्तव्यमा पुग्न समस्या भइरहेको छ ।

वर्षाको पानीले जनकपुरधामका बस्ती डुबानमा पर्न थालेकाे छ । पानीको निकास नहुँदा जनकपुरधामको किशोरी टोलका कैयौं घरमा पानी पसेको छ । वर्षाले गाउँ–घरको सडक पनि अवरुद्ध बनेको छ ।

धनुषाको शहिदनगर नगरपालिका ४ ननुपट्टीमा बाटो नै अवरुद्ध बनेपछि सवारी आवत–जावत अवरुद्ध भएको छ । सडकमा जमेको हिलोले एम्बुलेन्स समेत जाने अवस्था छैन । रातिदेखि नै वर्षा जारी रहेकाले नदीनालामा बाढी आउने खतरा पनि बढेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर