माया नर्सिङ होम प्रालिको स्पष्टीकरणः चालकले बदमासी गरे, भाडा फिर्ता गर्‍यौं – Nepal Press

माया नर्सिङ होम प्रालिको स्पष्टीकरणः चालकले बदमासी गरे, भाडा फिर्ता गर्‍यौं

सुर्खेत । माया नर्सिङ होम प्रालि सुर्खेतको एम्बुलेन्सले महामारीमा नागरिकको ढाड सेक्ने गरी दोब्बर भाडा असुल गरेको समाचार नेपालप्रेसमा आएपछि माया नर्सिङ होम प्रालिले एक अपील जारी गरेको छ ।

अपीलमा वैशाख २५ गतेका दिन एम्वुलेन्स सञ्चालक पदम नेपालीलाई एम्बुलेन्स चालकले एक जना कोरोनाका विरामीलाई डिस्काउण्टमा दुई हजार भाडा लिएर खोरिया जना लागेको भनेर बताएको उल्लेख छ ।

चालकले उल्टै दोब्बर भाडा लिएको कुरा अनलाईनमा समाचार आएपछि मात्रै जानकारी भयो । अपीलमा भनिएको छ, ‘माया नसिंङ्ग होमको नाम जोडिएपछि बुझ्दा चालकबाट कमजोरी भएको पुष्टि भयो । त्यसपश्चात निज चालकलाई आवश्यक कारवाही प्रक्रिया थालिनुका साथै विरामीसँग लिइएको भाडासमेत फिर्ता गर्न लगाइएको छ ।’

प्रालिका प्रवन्ध निर्देशक विष्णुबहादुर खड्काले भनेका छन्, ‘नागरिकलाई गुणस्तरीय, विश्वसनीय र विशेषज्ञ सेवा प्रदान गर्दै आएको हाम्रो संस्थालाई यस टनाले सचेत गराएको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर