माया नर्सिङ्गको महामारीमा कमाउ धन्दा, दोब्बर भाडा असुल्दै – Nepal Press

माया नर्सिङ्गको महामारीमा कमाउ धन्दा, दोब्बर भाडा असुल्दै

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित माया नसिंङ्ग होमले सञ्चालन गर्ने गरेको एम्बुलेन्सले भने दोब्बर भाडा असुल्ने गरेको खुलेको छ ।

वीरेन्द्रनगर- १२ कि लता मन्जरीकी आमा कोभिड विरामी थिइन् । उनी प्रदेश अस्पताल कालागाउँमा उपचाररत थिइन् । त्यहाँबाट उनलाई आज घर लैजान भनियो र घर लैजान एम्बुलेन्सको खोजी भयो ।

‘हामीले माया नर्सिंग होमको एम्बुलेन्स बोलायौं । प्रदेश अस्पताल देखि मेरो घर सम्मको दुरी मुस्किलले १० किलोमिटर हो ।’ उनले नेपालप्रेससँग भनिन्, ‘डबल भाडा दिने भएमात्र जाने भन्दै एम्बुलेन्स चालकले धम्क्याउन थाल्यो । नेवारेमा धन्न हामीलाई बाटैमा झर्न लागेको थियो ४४ सय नै दिउला भनेपछि चालकले हामीलाई गाउँमा ल्याइदियो ।’

संकटको समयमा पीडित नागरिकलाई राहत दिनु पर्नेमा उल्टो तनाव दिइएको उनको गुनासो छ । उनको घरसम्मको एम्वुलेन्सको भाडा २२ सय भएको उनको भनाई थियो ।

सोही एम्बुलेन्स नेवारेबाट प्रदेश अस्पताल कोभिडको विारमी लिएर जाँदा अर्का एक कोभिड विरामीबाट ४२ सय रुपैंया असुल गरेको छ ।

‘हामीसँग विरामीलाई अस्पताल लैजाने उपयुक्त विकल्प नै थिएन । एम्बुलेन्सले ४२ सय माग्यो । आफन्तलाई बचाउनु पर्ने अवस्था भएका कारण पैसा ठूलो नभएको ठान्दै त्यत्रो रकम दिएं ।’ अहिले प्रदेश अस्पताल कालागाउँमा उपचार गराइरहेका ती संक्रमित भन्छन्, ‘कम्तिमा जायज भाडा लिनुपथ्र्यो । संकटको समयमा गरिबका कोही पनि हुँदैनन् भन्थे, सत्य रहेछ । जो पनि लुटने नै रहेछन् ।’

एम्बुलेन्स सञ्चालक मौसम ओलीले कोरोनाको समयमा सबैले डबल भाडा लिने गरेको बताए । ‘कोरोनाका विरामी ओसारपसार गर्दा डबल भाडा लिने गरेका छाैं। तपाईले अन्य एम्बुलेन्स चालकलाई पनि सोध्न सक्नुहुन्छ ।’ उनले भने ।


प्रतिक्रिया

2 thoughts on “माया नर्सिङ्गको महामारीमा कमाउ धन्दा, दोब्बर भाडा असुल्दै

  1. चालकले लिएको कुरालाई सस्था सङ्ग जोडिनु राम्रो होइन!!र, चालकले पनि यस्तो अवसरमा अनुचित फाइदा लिनु पाप हो!

  2. अरु लाई पनि एसरी नै सोधौँ अनि सबैको को लागि सहयोग हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर