धौलागिरी हिमालमा भेटियो १५ वर्षअघि हराएको हेलिकप्टर र मानव अवशेष – Nepal Press

धौलागिरी हिमालमा भेटियो १५ वर्षअघि हराएको हेलिकप्टर र मानव अवशेष

काठमाडौं । धौलागिरी हिमालमा १५ वर्षअघि हराएको एक हेलिकप्टर र मानव अवशेष फेला परेको छ ।

नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२१’अन्तर्गत हिमालमा जम्मा भएको फोहोर संकलन गर्ने क्रममा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टिक हेलिकप्टर फेला परेको हो ।

नाइन एन ए सीआर कलसाइनको सो हेलिकप्टर सफाइ टोलीले फेला पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सँगै २ शव पनि भेटिएको छ ।

धौलागिरी बेस क्याम्पनजिकै ती शव र क्षतविक्षत अवस्थामा हेलिकप्टर भेटिएको हो ।

मृतकको पहिचान खुल्न नसकेकाले छानविन भइरहेको सैनिक प्रवक्ता सन्तोषबल्भव पौडेलले बताए । उक्त हेलिकप्टर धौलागिरी बेसक्यापबाट २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्यूपमेन्टसहित फेला परेको छ ।

हेलिकप्टरसँगै भेटिएको शवको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको समेत सेनाले जनाएको छ । सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्न सैनिक टोली खटाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर