पिपिई पहिरिएर सगरमाथाको फोहोर टिप्दै नेपाली सेना – Nepal Press
फोटोफिचर

पिपिई पहिरिएर सगरमाथाको फोहोर टिप्दै नेपाली सेना

पिपिई पहिरिएर सगरमाथा सफा गर्न व्यस्त छन्, नेपाली सेना । कोरोना कहरबीच नेपाली सेनाले आधार शिविरदेखि क्याम्प टूसम्मको सफाइ सकेका छन् ।

सगरमाथा आरोहणमा हिँडेका केही विदेशीमा कोभिड संक्रमण भएको भनिएसँगै सेनाले पिपिई लगाएरै सफाइको काम गरेको हो ।

वसन्त ऋतुको सगरमाथामा विभिन्न देशबाट ४२ आरोहणदलका करिब ४ सय आरोही आधार शिविर पुगेका छन् । आरोहीको भीडलाई नेपाली टाइम्स अंग्रेजी साप्ताहिकले ‘सगरमाथा शहर’ समेत भनेको छ ।

नेपाली सेनाको ‘सफा हिमाल–२०२१’का समन्वय अधिकृत सेनानी आदित्य कार्कीले भने, ‘सकेसम्म कोभिड–१९ महामारीबाट बँच्न पिपिई लागाएरै सफाइ गरेका हौं ।’

नेपाली सेनाको टोली वैशाख पहिलो सातासगरमाथा आधारशिविर पुगेको हो । सफा हिमाल मिसनअन्तर्गत सगरमाथा क्षेत्रबाट १६ टन फोहोर संकलन गर्ने सेनाको लक्ष्य छ ।

सन् २०१३ २०१९ मा पनि सगरमाथा सफाइमा सक्रिय सेनाले क्रमशः ४ र १० टन फोहोर संकलन गरेको थियो ।
‘सेभ दि हिमालयज फर दि फ्युचर’ नारासहित ‘सफा हिमाल– २०२१’ मिसनमा रहेको नेपाली सेनाले देशका विभिन्न ६ हिमाल एकैसाथ सफाइ गर्दैछ ।

सेनाले सगरमाथासहित ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरी हिमाल सफाइ गरिरहेको छ ।

विश्व वातावरण दिवसको दिन पारेर जेठ २२ मा सबै हिमालबाट संकलित नकु्हिने फोहोर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण गरेर अभियान समापन गर्ने सेनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *