ललितपुर र मोरङमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु – Nepal Press

ललितपुर र मोरङमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं  । ललितपुर र मोरङमा भएको सवारी दुर्घटनामा  २ जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-५ सातदोबाटोस्थित सडकमा प्रदेश ३-०२-०१३ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री बिष्णु माया सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । ।

ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं बालाजु बस्ने दोलखा जिरी घर भएकी ७३ वर्षीया बृद्धाको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी मोरङको केराबारी गाउँपालिका-८ मा को.३४ प ९०६९ नम्बरको मोटरसाइकललाई ट्याक्टरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

को.१ त ५८४९ नम्बरको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा नरेश कुमार सोडारीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर