सातै प्रदेशमा निर्वाचन आयोगका प्रदेश निर्वाचन कार्यालय स्थापना – Nepal Press

सातै प्रदेशमा निर्वाचन आयोगका प्रदेश निर्वाचन कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले सातै प्रदेशमा प्रदेश निर्वाचन कार्यालयहरुको स्थापना गरेको छ।

भर्चुअल माध्यममार्फत बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश निर्वाचन कार्यालयहरुको उद्‍घाटन गरेका हुन्।

मन्त्रिपरिषद्‍को १० माघको बैठकले निर्वाचन आयोग अन्तर्गत सात वटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय रहने गरी संगठन संरचना स्वीकृत गरेको थियो।

प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, बागमतीको मकवानपुर, गण्डकीको कास्की, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कैलालीमा प्रदेश कार्यालयहरु स्थापना भएका हुन्।

जिल्लामा साविकका जिल्ला निर्वाचन कार्यालय खारेज भइ आयोगको प्रादेशिक कार्यालयको स्थापना भएको निर्वाचन आयोगले बताएको छ। ती कार्यालयमा उप–सचिवको नेतृत्वमा ९ जना कर्मचारीहरु रहने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर