१० वर्षपछि पर्यटन बोर्डले पायो उपाध्यक्ष, चन्द्र रिजाल सर्वसम्मत – Nepal Press

१० वर्षपछि पर्यटन बोर्डले पायो उपाध्यक्ष, चन्द्र रिजाल सर्वसम्मत

काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समिति उपाध्यक्षमा चन्द्र रिजाल नियुक्त भएका छन् । मंगलवार बसेको बोर्डको बैठकले रिजाललाई उपाध्यक्ष चयन गरेको हो ।

रिजालसहित ङावा ङिमा शेर्पा र कृष्ण शाह गत माघ २३ गते सञ्चालक समिति सदस्य नियुक्त भएका थिए । बोर्डका अन्य सदस्य विप्लव पौडेल र पम्फा धमलासहित सबैको सर्वसम्मतिमा रिजालाई उपाध्यक्ष चयन गरिएको हो ।

टानका पूर्व अध्यक्ष समेत रहेका व्यवसायी रिजालले पर्यटन बोर्डमा १० वर्षपछि उपाध्यक्ष बन्ने शौभाग्य पाएका छन् । सदस्यबीचकै खिचातानी र एकले अर्कोलाई स्वीकार नगर्ने पर्यटन बोर्डमा १० वर्षदेखि कोही पनि उपाध्यक्ष हुन पाएका थिएनन् ।

यसपटक सर्वसम्मत रुपमा पर्यटन बोर्डले उपाध्यक्ष चयन गरेर राम्रो सन्देश दिन सफल भएको बोर्डका सदस्य शेर्पाले बताए । निजी क्षेत्रको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्ने चारैजना सदस्यले संयुक्त रुपमा रिजाललाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । बोर्डको कार्यकारी निर्देशकमा डा.धनन्जय रेग्मी छन् ।

हालका पर्यटनमन्त्री भानुभक्त ढकाल र सचिव यादव कोइराला दुवैजना व्यवसायीमैत्री भएका कारण बोर्डले सहज रुपमा निर्णय लिन पाएको सदस्य शेर्पाले बताए । बिगतका जस्ता राजनीतिक खिचातानीमा अब बोर्ड छैन भन्ने सन्देश समेत दिन आफूहरु सफल भएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर