आगलागीबाट ताप्लेजुङ दोभान बजारका ४७ घर जले, आगो नियन्त्रणतर्फ – Nepal Press

आगलागीबाट ताप्लेजुङ दोभान बजारका ४७ घर जले, आगो नियन्त्रणतर्फ

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा लागेको आगोबाट हालसम्म ४७ घर जलेर नष्ट भएको छ ।

आज बिहान करिब साढे ९ बजेदेखि शुरू भएको आगो क्रमश: नियन्त्रणउन्मुख भएको ताप्लेजुङकी सहायक प्रजिअ गायत्रा अधिकारी खड्काले बताइन् ।

आगलागीस्थलमै रहेकी खड्काले नेपाल प्रेससँग भनिन्, ‘अहिलेसम्म ४७ घर जलेको छ । भाडामा बसेका ३२ परिवारको विचल्ली भएको छ । केही चौपायामा क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।’

दमकल र सुरक्षाकर्मीको सहायताले आगो नियन्त्रणतर्फ पुगेको उनले जानकारी दिइन् । आगलागीको कारण भने अहिलेसम्म यकिन भइसकेको छैन ।

मेरिङ्देन गाउँपालिका-३ आठराइ त्रिवेणी गाउँपालिकाको संगम क्षेत्रमा पर्ने दोभान बजार ताप्लेजुङको दोस्रो व्यापारिक केन्द्र हो । बजारका अधिकांस घर काठ र टिनबाट बनाइएका कच्ची भएकोले क्षति बढी भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर