कुलेश्वरको फलफूल बजारबाट १८ लाखसहित हुण्डी कारोबारी पक्राउ – Nepal Press

कुलेश्वरको फलफूल बजारबाट १८ लाखसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं । काठमाडौं महानरगपालिका -१४ कुलेश्वरस्थित फलफूल बजारबाट हुण्डी कारोबारको १८ लाख ७८ हजार नेपाली रुपैयाँ सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका १४ कुलेश्चर बस्ने नुवाकोटका ३७ वर्षीय नवराज कार्की, २७ वर्षीय सुमन थापा र भारत बिहार घर भएका ५६ वर्षीय सत्य नारायण प्रसाद रहेका छन् ।

उक्त स्थानमा हुण्डी कारोबार भइरहेको भइरहेको खुल्न आएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हुण्डी कारोबारका रकमसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर