कुलमान भन्छन्ः मैले एउटा जिम्मेवारी मात्र पुरा गरेको हो (भिडियाे) – Nepal Press

कुलमान भन्छन्ः मैले एउटा जिम्मेवारी मात्र पुरा गरेको हो (भिडियाे)

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाललाई सोडसेडिङ मुक्त गर्न आफुले एउटा जिम्मेवारी मात्रै पुरा गरेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले भने ।  ‘बिद्युत प्राधिकरणमा आएर आफुले धेरै समस्याको समाधान गरेको होइन, एउटा जिम्मेवारी मात्रै पुरा गरेको हो ।’ उनले भने ‘हरेक व्यक्तिले आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने देश आफै बन्छ, देशलाई बनाइरहनुपर्दैन ।’

उनले आफुले लोडसेडिङ अन्त्य मात्र नगरी ३० देखि ३५ वर्षसम्म घाटामा गएको नेपाल विद्युत प्राधिकरणलाई फाइदामा पुर्याउने काम पनि गरेको बताएका छन् ।

‘ लोडसेडिङ अन्त्य मात्र होइन, मेरो नेतृत्वमा ३५ देखि ४० अर्ब रुपैयाँ नाफामा पुर्याउन प्राधिकरण सफल पनि भएको छ । उनले यसलाई ठुलो सफलताका रुपमा लिएको बताउदैँ यो त्यति सजिलाे काम नभएको पनि बताए ।

‘यसका लागि व्यवस्थापन गर्नु मलाइ ठुलो चुनौती थियो । त्यसैले हामी जहा असफल हुन्छौ नि त्यौ सबै नेतृत्वको कारणले असफल हुने हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर