सेलेव्रिटी प्रेम : कोही खुलेर, कोही लुकेर ! – Nepal Press
प्रणय दिवस विशेष

सेलेव्रिटी प्रेम : कोही खुलेर, कोही लुकेर !

काठमाडौं । सेलिब्रिटीको निजी जीवन सँधै नीजि हुँदैन । उनीहरुका प्रेम-विछोडदेखि विवाह र डिभोर्ससम्मका घटना मिडियाका लागि मसालेदार समाचार हुन् भने पाठकका लागि पठनीय खुराक ।

कतिपय सेलिब्रटीले आफूलाई खुला किताबका रुपमा प्रस्तुत गर्छन् । आफ्ना व्यक्तिगत जीवनसँग जोडिएका कुराहरुलाई आफैं सार्वजनिक गरिदिन्छन् । कति सेलिब्रिटीहरु चाहिँ यस्ता कुरा मिडियामा नआउन् भन्ने चाहन्छन् र भरिसक्य मिडियाबाट भाग्छन् ।

सेलिब्रिटीको निजीजीवनका कुरा गर्दा सर्वाधिक चर्चा गरिने विषय हो प्रेम । कोही सेलिब्रिटी प्रेममा पर्नु भनेको मिडियाका लागि ‘ब्रेकिङ न्यूज’ हो । उनीहरु आफैंले प्रेम स्वीकारे त मिडियालाई पनि सहजै हुन्छ, तर नस्वीकार्दा चाहिँ सकस पर्छ । र, पनि गसिपका रुपमा यस्ता समाचारहरु आइ नै रहन्छन् ।

भ्यालेन्टाइनमा मायालुसँग हेर्न सकिने यी हुन् टपटेन नेपाली फिल्म

भ्यालेन्टाइन, रातो गुलाब र प्रणय जोडीहरु !

जो एक्लै जीवनको रथ गुडाइरहेका छन् 

भ्यालेन्टाइन डेमा कहाँ घुम्ने ? यी हुन् काठमाडौं आसपासका १० ‘डेटिङ स्पट’

भ्यालेन्टाइन डे नजिकिएको छ । अरु युवा–युवतीहरुले जस्तै सेलिब्रिटीहरुले पनि आफ्ना युगल जोडीसँग भ्यालेन्टाइन डे विशेष प्रकारले मनाउने योजना बुनिरहेका छन् । प्रेममा नभएकाहरु चाहिँ दिक्क मान्दै होलान् ।

नेपालको मनोरञ्जन क्षेत्रमा क्रियाशील धेरै सेलिब्रिटीहरु विवाहित छन् । अविवाहितमध्ये धेरैजसो प्रेममा छन् । थोरै सेलिब्रिटीहरु सिंगल पनि छन् । जो प्रेममा छन्, उनीहरु सबैले सार्वजनिकरुपमा प्रेम स्वीकारेका छैनन् । त्यस हिसाबले सेलिब्रिटीका अफेयरलाई घोषित र अघोषित गरी दुईवटा श्रेणीमा राख्नुपर्ने हुन्छ ।

जो घोषित प्रेममा छन् :

सौगात मल्ल र सृष्टी श्रेष्ठ
अभिनेता सौगात मल्ल र पूर्वमिस नेपाल एवं अभिनेत्री सृष्टि श्रेष्ठ केही वर्षदेखि रिलेसनसिपमा छन् । उनीहरुले यो सम्वन्धलाई लुकाएका पनि छैनन् ।

लिभइन टुगेदरमा रहेका यो जोडी आगामी वर्ष विवाहको तयारीमा छ । उनीहरुले केही फिल्ममा स्क्रिन सेयर पनि गरेका छन् । सार्वजनिक कार्यक्रममा एकसाथ उपस्थित भएको भने कमै देखिन्छ । सौगात ‘रिजर्भ’ स्वभावको भएकाले उनीहरुले आफ्नो प्रेमलाई सार्वजनिकरुपमा प्रदर्शन गरेर हिँडेका छैनन् ।

अञ्जु पन्त र थीर कोइराला
लिजेन्डरी गायिका अञ्जु पन्त र इलामका थीर कोइराला प्रेममा छन् । उनीहले अर्को वर्ष विवाह गर्न लागेको समाचार सार्वजनिक भइसकेको छ ।

मिडियामा विहेको चर्चा भएपछि केही दिनअघि दुबैजनाले खुलेर प्रेमलाई स्वीकारेका थिए । अञ्जुको यो दोस्रो विवाह हुनेछ । मनोज राजसँग डिभोर्स भएपछि अञ्जुले लामो समयदेखि सिंगल थिइन् । मनोज र अञ्जुकी एक छोरी छिन् ।

थीरसँग अञ्जुको भेट नेपाल टेलिभिजनको ६ वर्षअघि एउटा कार्यक्रममा भएको थियो । लामो समयदेखि उनीहरु प्रेममा थिए । इटहरीमा बस्ने थीर हाल एउटा गैरसरकारी संस्था सञ्चालन गर्छन् । उनी पूर्वपत्रकार हुन् ।

श्रृंखला खतिवडा र सिसन बानियाँ
पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ लामो समयदेखि गहिरो प्रेममा छन् । उनीहरुले आफ्नो प्रेमलाई विभिन्न माध्यमबाट व्यक्त गरिरहेको पाइन्छ । खासगरि, टिकटकमा उनीहरुको निकटता झल्किने धेरै भिडियो फुटेजहरु भाइरल छन् ।

श्रृंखला विश्व सुन्दरी प्रतियोगितामा भाग लिँदा ‘ब्युटी अफ पर्पस’ का लागि पेश गरेको भिडियो सिसनले बनाइदिएका थिए । त्यही भिडियोमार्फत श्रृंखलाले ‘ब्यूटी विथ पर्पस’ को ताज पनि जितिन् । त्यही बिन्दुबाट यो जोडीबीच प्रेम झांगिएको विश्वास गरिन्छ ।

त्यसो त श्रृंखला र सिसन दुवै आफूहरुको प्रेम सम्वन्धबारे मिडियासँग बोल्न चाहँदैनन् । यो आफूहरुको निजी विषय भन्दै पन्छिने गर्छन् ।

नीता ढुंगाना र हरिहर अधिकारी
अभिनेत्री नीता ढुंगाना अभिनेता एवं ज्योतिषी हरिहर अधिकारीसँगको प्रेममा छिन् । केही वर्षदेखि यो जोडी डेट गरिरहेको छ ।

नीता यसअघि आमेश भण्डारीसित गहिरो प्रेममा थिइन् । आमेशसँग छुट्टिएपछि एक्लिएकी नीता अहिले हरिहरसँग नजिकिएकी हुन् । हरिहरसँगको संगतले उनी आध्यात्मतर्फ झुकाव राख्न थालेकी छन् । उनले एउटा भजन रेकर्डसमेत गराएकी छन् । नीताको फिल्मी करिअर स्थिर छ ।

यता हरिहर ज्योतिष विधामा राम्रै परिचित हुन् । आफैंले निर्माण गरेको चलचित्र ‘शुभलभ’ मा उनी नायक बने । तर, त्यसपछि उनको करिअर माथि उक्लिन सकेको छैन । बरु नीतिासँगको अफेयरले उनी चर्चामा आएका छन् ।

नम्रता श्रेष्ठ र दावा स्टिभन शेर्पा
व्वाइफ्रेन्ड फेरिरहने नायिकाका रुपमा चिनिन्छिन् नम्रता श्रेष्ठ । तर, पछिल्लो केही वर्षदेखि उनी दावा स्टिभन शेर्पासँगको प्रेममा स्थिर छिन् । उनीहरु खहिले खुलेर डेट गरिरहेका छन् ।

नम्रता र दावाले विवाहकै तयारी गरिरहेको बुझिएको छ । दावा पर्यटन व्यवसायी हुन् । यो जोडीले सँगै विदेश तथा नेपालको पर्यटकीय क्षेत्र पनि घुमघाम गरिसकेको छ । नेपालमा हुने अवार्ड फङ्सन र अन्य फिल्मी कार्यक्रममा पनि नम्रताले दावालाई आफूसँगै लैजान्छिन् । नेपाली बाबु र बेल्जियन आमाबाट जन्मेका दावाले सगरमाथा आरोहणसमेत गरिसकेका छन् । एक समाचारमा जनाइएअनुसार उनी नेपाली, हिन्दी, अंग्रेजी, डच र जर्मन गरी पाँच भाषामा बोल्न सक्छन् ।

दावाभन्दा अघि डिजे तान्त्रिकसँग प्रेममा थिइन् नम्रता । उनीहरुको सेक्स भिडियोसमेत लिक भएको थियो ।

सविन श्रेष्ठ र अनु शाह
अभिनेता सविन श्रेष्ठ र अनु शाह प्रेम पनि बारम्बार मिडियामा चर्चा भइरहने विषय हो । लामो समयदेखि प्रेममा रहेका उनीहरुले एक वर्षअगाडि मात्रै सार्वजनिक स्वीकारोक्ति गरेका थिए ।

सविन र अनुको भेट ७ वर्षअघि एउटा फोटोसुटका क्रममा भएको थियो । त्यसपछि केही फिल्ममा सँगै काम गर्ने क्रममा उनीहरु नजिकिएर माया बस्यो । एकपटक उनीहरुले बिहे गरेको हल्ला पनि चलेको थियो, तर पुष्टि भएन ।

सामाजिक सञ्जालमा अनुले सविनसँगका तस्वीरहरु पोष्ट गरेर प्रेम व्यक्त गर्ने गरेकी छन् । उनले आफ्नो गर्दनमा सविनको नामको ट्याटुसमेत खोपेकी छन् । उनीहरुले चाँडै विवाह गर्न सक्ने अनुमान छ । उनीहरु दुवैको फिल्मी करिअरले भने गति लिन सकेको छैन ।

मलिना जोशी र सुशान्त प्रधान
पूर्वमिस नेपाल एवं अभिनेत्री मलिना जोशी सुशान्त प्रधानसँग प्रेम सम्बन्धमा छिन् । सुशान्त शारीरिक सुगठन व्यवसायी हुन् । उनीहरु तीन वर्षदेखि प्रेम सम्बन्धमा छन् । उनीहरु चाँडै विहे बन्धनमा बाँधिने तयारीमा रहेको स्रोत बताउँछ ।

मलिना यसअघि अभिनेता अनुपविक्रम शाहीसित अफेयरमा थिइन् । उनीहरुले केही फिल्ममा सँगै काम गरेका थिए । अनुपस्थित ब्रेकअपपछि मलिना सुशान्तसँग नजिकिएकी हुन् । सुशान्तसँग घुमघाम गरेका तस्वीर मलिनाले इन्स्टाग्राममा सेयर गर्ने गरेकी छन् ।

अन्य :

अस्मी श्रेष्ठ र सनम पुरी

अभिनेता सलिनमान बनियाँ र मोडल अस्प्रिना श्रेष्ठले खुलेरै डेट गरिरहेका छन् । सामाजिक संजालमा पनि एकअर्काको तस्विर सेयर गर्दै माया व्यक्त गरिरहेका हुन्छन् । पूर्वमिस नेपाल अस्मी श्रेष्ठ भारतीय गायक सनम पुरीसँग सम्बन्धमा छिन् । उनीहरु पनि खुलेरै डेट गरिरहेका छन् ।

अभिनेत्री आना शर्माको सोनम छिरिङ शेर्पासँग पाँच वर्षदेखि चक्कर चलिरहेको छ । सोनम दिवंगत पर्यटन व्यवसायी एवं यति एयरलायन्सका मालिक आङ छिरिङ शेर्पाका कान्छा छोरा हुन् ।

अभिनेत्री बेनिशा हमाल र फिल्म निर्माता रौनकविक्रम कँडेल पनि गहिरो प्रेममा छन् । ‘कबड्डी’ फिल्म निर्माता कँडेल र बेनिशा दुबै चितवनका हुन्

अघोषित : जो गसिपमा छन् 

अनमोल केसी–आज्ञा करणजित
सुपरस्टार नायक अनमोल केसी आफ्नो प्रेम प्रसंगलाई लिएर कमै चर्चामा आउने गर्छन् । रिजर्भ स्वभावका उनी यस्तो विषयमा मिडियासँग खुल्दैनन् पनि । त्यसैले उनको प्रेम जीवन फ्यानहरुका लागि कौतुहलको विषय बनिरहेको छ ।

केही समयअघि अभिनेत्री सारा अनमोलले श्रीपाली डेट गरिरहेको गसिप ब्यापक भएको थियो । उनीहरु एक–अर्कासँग नजिकिएका पनि थिए । तर, अहिले उनीहरुबीच ब्रेकअप भैसकेको बताइन्छ ।

निकट स्रोतका अनुसार अनमोल अहिले आज्ञा करणजीतसँग डेटमा छन् । आज्ञा अनमोलको आगामी फिल्म ‘पारस’ का लागि उत्कृष्ट तीनमा छनोट अभिनेत्री पनि हुन् ।

पुजा शर्मा र आकाश श्रेष्ठ
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठबीच निकटता बढ्दो छ । उनीहरु प्रेममा रहेको अनुमान धेरैले गरेका भए पनि दुवैले स्वीकारेका छैनन् ।

पछिल्लो समय पूजा र आकाश फिल्ममा लगातार स्क्रिन सेयर गरिरहेका छन् । पुजाले निर्माण गरेको फिल्म राम कहानीमा आकाशलाई हिरो बनाएकी थिइन् । त्यहीँबाट उनीहरुको निकटता सुरु भएको हो ।

नायिका पुजाको नाम लामो समयदेखि निर्देशक सुदर्शन थापासँग जोडिएको थियो । सुदर्शनले नै पुजालाई ब्रेक दिएका हुन् । त्यसयता उनले आफ्नो सबै फिल्ममा पुजालाई नायिका बनाए । तर, पुजा अहिले आकाशसँग नजिकिएपछि सुदर्शन एक्लिएका छन् । यद्यपि, कतिपयले पुजा अहिले आकाश र सुदर्शनसँग एकसाथ डेट गरिरहेको पनि बताउने गर्छन् ।

केकी अधिकारी र आर्जन पाण्डे
सादगी नायिकाको छवि बनाएकी केकी अधिकारीको प्रेम जीवन पनि दर्शकका लागि कौतुहलकै विषयका रुपमा रहेको छ । पछिल्लो समय उनको नाम आर्जन पाण्डेसँग जोडिए पनि दुवैले यसलाई स्वीकारेका छैनन् ।

केकी र आर्जनका केही टिकटक भिडियोहरुमा उनीहरुको निकटता झल्किन्छ । उनीहरु केही सार्वजनिक कार्यक्रममा पनि सँगै देखिएपछि अफेयरको चर्चा सुरु भएको हो । आर्जन पाण्डे मोडल हुन् ।

पल शाह र गरिमा शर्मा
अभिनेता पल शाह म्युजिक भिडियो मोडल गरिमा शर्मासँग अफेयरमा रहेको बताइन्छ । तर, उनीहरुले यस विषयमा केही खुलासा गरेका छैनन् । निकटका साथीभाइ भन उनीहरुबीच प्रेम सुरु भएको बताउँछन् ।

पल शाहको नाम विगतमा आँचल शर्मासँग जोडिएको थियो । उनीहरुबीच प्रेम रहेको चर्चा लामो समय चल्दै आएपनि दुवैले स्वीकारेका थिएनन् । अन्ततः आँचलले डा. उदिप श्रेष्ठसँग विवाह गरिन् ।

आँचलको विहेपछि एक्लिएका पल नयाँ प्रेमिका खोज्नुपर्ने दवावमा थिए । उनले म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा गरिमालाई भेटेका हुन् । गरिमा टिकटकबाट उदाएकी सुन्दरी हुन् । पल र गरिमाले एकसाथ ब्याक टु ब्याक म्युजिक भिडियो खेलिरहेका छन् । उनीहरु दुवैले आफूहरुको केमेस्ट्र मिलेको अन्तरवार्तामा बताएका छन् ।

प्रदिप खड्का र क्रिस्टिना गुरुङ
अभिनेता प्रदीप खड्का र उनकी को–स्टार क्रिस्टिना गुरुङ अफेयरमा रहेको बताइन्छ । यी दुबैजना रिलिज हुने तयारीमा रहेको फिल्म ‘पे्रमगीत ३’ का को–स्टार समेत हुन् । त्यसो त कतिपयले फिल्मको प्रमोसनका लागि उनीहरुले आफैं अफेयरको गसिप चलाएकोदावी पनि गरेका छन् ।

जो छुट्टिए :

अभिनेत्री साम्राज्ञी शाहको हालै उद्योगी भवानी राणाका छोरा देवान्कसँग ब्रेकअप भएको भनिएको छ । त्यसअघि उनका मयन्क खड्कासँग ब्रेकअप भएका थियो । अभिनेता सलोन बस्नेत करिश्मा श्रेष्ठसँगको ब्रेकअपपछि अहिले सिंगल छन् ।

अभिनेत्री वर्षा शिवाकोटी र सविनजंग थापाको ब्रेकअप भएको हालै खुलासा भएको थियो । सविनले इन्स्टाग्राममार्फत ब्रेकअप भएको जनाउ दिएका हुन् । उनीहरुले अर्को वर्ष विवाह गर्ने भनिएको थियो ।

भ्यालेन्टाइन डेका लागि भारतबाट झण्डै १ करोडको गुलाफ फूल आयात

पोखरेली होटलका भ्यालेन्टाइन अफर: जोडीलाई ताल घुमाउनेदेखि आकाशमा उडाउनेसम्म


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर