‘भाइरल गोर्खे’ बाट अभिनयमा ऋषिको कमब्याक, निर्देशक निगम भन्छन्- धमलाको क्षमतामा विश्वास छ – Nepal Press

‘भाइरल गोर्खे’ बाट अभिनयमा ऋषिको कमब्याक, निर्देशक निगम भन्छन्- धमलाको क्षमतामा विश्वास छ

काठमाडौं । पत्रकार ऋषि धमलाले अभिनयमा कमब्याक गर्ने पक्कापक्की भएको छ । सन् २०१६ मा ‘हाउ फन्नी’ फिल्ममा अभिनय गरेका धमलाले बिहीबार निर्मातासँग कागजी सम्झौता गरेका छन् । ‘भाइरल गोर्खे’मा पत्रकारकै भूमिकामा धमलाले अभिनय गने निर्देशक श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार फिल्ममा धमलाको भूमिका पत्रकारकै रुपमा रहनेछ । एउटा कलाकारमा हुनुपर्ने गुण धमलामा भएकाले त्यसलाई सुरुचिपूर्ण तरीकाले फिल्ममा देखाउन सकिन्छ भनेर अनुबन्ध गरेको श्रेष्ठको भनाइ छ ।

श्रेष्ठले नेपालप्रेससँग कुरा गर्दै भने, ‘उहाँले अभिनय गर्न सक्ने कुरामा एकदमै विस्वास छ । अर्को चाहिँ उहाँको डाइलग डेलिभरी नै रुचिपूर्ण छ । सँगै प्रेजेन्टेसन पनि राम्रो छ । यी दुई कुराले गर्दा नै हामीले उहाँलाई अनुबन्ध गरेका छौं ।’

कथालाई अगाडि बढाउने पात्रको रुपमा फिल्ममा धमलाको भूमिका महत्वपूर्ण रहेको श्रेष्ठले बताए । धमला फिल्मको छायंकनका लागि वैशाख तेस्रो साता लमजुङस्थित भुजुङ गाउँ जानेछन् ।

फिल्ममा सौगात मल्ल, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहनेछ । केही दिनदेखि भुजुङ गाउँमा फिल्मको सुटिङ भइरहेको छ । यसपछि गोरखा र चितवनमा बाँकी छयंकन हुनेछ । फिल्मले संजालमा भाइरल हुन जुनसुकै हर्कत गर्ने पात्रको कथा भन्ने छ । द जीएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको निर्माण गरेको फिल्मको छायाकार अमर महर्जन रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *