‘पूर्णबहादुरको सारंंगी’ मा प्रकाश सपुत अनुबन्धित – Nepal Press

‘पूर्णबहादुरको सारंंगी’ मा प्रकाश सपुत अनुबन्धित

काठमाडौं । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् ।

जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको चलचित्रको निर्माण पक्षले सपुतसँग केही दिनअघि कागजी सम्झौता गरेको हो ।

सेभेन सिज सिनेमाजको प्रस्तुतिमा बन्न लागेको यस चलचित्रको लेखन तथा निर्देशन सरोज पौडेले गरेका छन् ।

निर्माण पक्षले यसअघि चलचित्रको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको मोसन पोस्टरले मौलिक कथा र कलात्मक प्रस्तुतिको आभास गराएको छ ।

चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । प्रशान्त सिवाकोटीको संगीत रहने चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ ।

रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । चलचित्रलाई विसं २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर