रेमिट स्विचको डिजिटाइजेशनका लागि आईएमई र वान प्वाइन्ट फाइनान्सियलबीच सम्झौतामा – Nepal Press

रेमिट स्विचको डिजिटाइजेशनका लागि आईएमई र वान प्वाइन्ट फाइनान्सियलबीच सम्झौतामा

काठमाडौं । रेमिट स्विचको डिजिटलाईजेशनका लागि आईएमई लिमिटेड र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस बिच सम्झौता भएको छ ।

बैंक तथा वित्तीय संस्थालाई ‘एपीआई म्यानेजमेन्ट सिस्टम (एपीआईएमएस) उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस र आईएमई लिमिटेडबीच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको हो ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार आईएमई लिमिटेडलाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ । अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यास अनुसार, सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विच मार्फत ओपन एपीआई स्ट्याण्डर्ड फलो गरिने जनाइएको छ ।

आईएमई लिमिटेड मार्फत प्रदान गरिने एपीआइको परीक्षण तथा एकीकरण गर्न आन्तरिक र बाह्य साझेदारहरूको लागि खुला परीक्षणको वातावरण समेत पनि प्रदान हुने उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मात्र अभ्यासमा आएको ओपन एपीआई स्ट्याण्डर्ड प्रणालीलाई नेपालमा पहिलो पटक आईएमई वान प्वाइन्टसँगको सहकार्यमा सुरु गरेको छ । यस मार्फत एपीआई इण्टिग्रेशनमा जान चाहने आन्तरिक र बाह्य साझेदारहरू आफै सिस्टम इन्टिग्रेशन प्रक्रियामा अगाडी बढ्न सक्ने कम्पनीले जनाएको छ ।

वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन अवस्थालाई आत्मसाथ गर्दै थप परिष्कृत प्रणालीको प्रयोगले रेमिटेन्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन यो साझेदारी महत्त्वपूर्ण हुने आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर