इलाम २ : पहिचान पक्षधरको गढ मानिने चुलाचुली १ मा मतगणना सुरु – Nepal Press

इलाम २ : पहिचान पक्षधरको गढ मानिने चुलाचुली १ मा मतगणना सुरु

विराटनगर । पहिचानवादीहरूको गढको रूपमा चिनिएको चुलाचुली वडा नम्बर १ मा मतगणना सुरु भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनदेखि वडा नम्बर १ मा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चुनाव जित्दै आएको छ ।

यस पटकको निर्वाचनमा पनि वडा नम्बर १ मा मञ्चले सो वडामा क्लिन स्वीप गरेको थियो । कोशी प्रदेशमा मञ्चले वडा अध्यक्ष जितेको सो वडा हो । मञ्च पहिचान पक्षधर पार्टी हो । अरुण पूर्वका नौ जिल्ला लिम्बुवान हुनु पर्ने माग राख्दै आन्दोलनरत मञ्च प्रदेशको नामकरण पछि भने किराँत लिम्बुवान प्रदेशको पक्षमा उभिएको छ ।

इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनमा पहिचान पक्षधरका तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार छन् । उनले आफ्नै पालिकामा समेत अपेक्षाकृत मत पाउन सकेनन् । इलामको मांसेबुंग, चुलाचुली पहिचानवादीहरूको प्रभाव क्षेत्रका रूपमा लिइन्छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर