गौशाला २६ को पक्षबाट ४ निजी र दुई सरकारी वकिलले बहस गर्दै – Nepal Press

गौशाला २६ को पक्षबाट ४ निजी र दुई सरकारी वकिलले बहस गर्दै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा जाहेरीकर्ता गौशाला २६ को तर्फबाट अहिले बहस भइरहेको छ । सुनुवाइको प्रारम्भमा दुई सरकारी वकिलले बहस गरेका थिए भने अहिले निजी वकिलको बहस सुरु भएको हो ।

गौशाला २६ को पक्षबाट सह न्यायाधिवक्ता रत्नकेशरी महर्जन र उपन्यायाधिवक्ता प्रकाश घिमिरेले सुरुवाति बहस गरेका थिए । उनीहरूपछि सन्दीपका वकिलहरूले बहस गरे । सन्दीपको तर्फबाट रमण श्रेष्ठ, शम्भु थापा, रामनारायण बिडारी, मुरारी सापकोटा र कृष्ण सापकोटाले बहस सकेका छन् । त्यसपछि फेरि गौशालाका निजी वकिलको पालो आएको हो ।

गौशाला २६ का तर्फबाट चार निजी वकिलले बहस गर्दैछन् । उनीहरूमा शशी अधिकारी, आश्मा आचार्य, लेखनाथ भट्टराई र नारायण चौंलागाई रहेका छन् ।

सन्दीपको पक्षबाट सरोज घिमिरे र सविता भण्डारीले बहस गर्न बाँकी छ । सबै बहस सकिएपछि सम्भव भएसम्म आजै फैसला सुनाउने तयारी छ । आज बहस लम्बिएमा मुद्दा हेर्दाहेर्दैमा जानेछ र भोलि फैसला हुन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर