कांग्रेसको टिप्पणी- नीति तथा कार्यक्रम परम्परागत (भिडिओ) – Nepal Press

कांग्रेसको टिप्पणी- नीति तथा कार्यक्रम परम्परागत (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले जनताको समस्या समाधान गर्न नीति कार्यक्रम असक्षम देखिएको टिप्पणी गरे ।

सरकारको कार्यक्रमा कुनै उत्साह नदेखिएको उनको भनाइ थियो । सहकारी प्रकरणमा पीडितलाई न्यायका साथै दोषीलाई कारबाही गर्ने प्रतिवद्धता नआएको लेखकको जिकिर छ ।

उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम परम्परागत छ । कुनै नयाँ कुरा छैन । कुनै उत्साहजनक विषय छैन । सहकारी ठगीको विषयमा यत्रो कुरा उठेको छ । जनतालाई पीडा छ अहिलेको नीति तथा कार्यक्रमले त्यसलाई सम्बोधन गर्न सकेको छैन । ठगी गर्नेलाई कारबाही गर्ने कुरा आएको छैन ।’

उहाले सरकारको नीति तथा कार्यक्रममा धेरै महत्वपूर्ण विषय छुटेको लेखकले टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर