कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित – Nepal Press

कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समितिको माग गर्दै नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुखले बैठक स्थगित गरेको हुन्।

उनका अनुसार बैठक अब जेठ ३ गते बिहान ११ बजे बस्नेछ। कांंग्रेसको अवरोधपछि सरकारको नीति तथा कार्यक्रम पेस गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पेस हुन सकेन।

छानविन समिति गठन नभएसम्म कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेस गर्न दिएपनि अन्य कुनै कार्यसूचीमा प्रवेश गर्न नदिने बटमलाइन बनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर