लगानी सम्मेलन : पहिलो दिन २१ सयभन्दा बढी सहभागी – Nepal Press

लगानी सम्मेलन : पहिलो दिन २१ सयभन्दा बढी सहभागी

काठमाडौं । तेस्रो लगानी सम्मेलनको पहिलो दिन २१ सयभन्दा धेरै जना सहभागी भएका छन् । आज २ हजार १ सय ६३ जना सहभागी भएको लगानी बोर्डले जनाएको छ ।

जसमा नेपालबाट ६८०, चीनबाट २४० र भारतबाट १८६ जना सहभागी भएका छन् । सम्मेलनस्थलमा २३ वटा स्टल (प्रदर्शनी कक्ष) राखिएका छन् । लगानी बोर्डका अनुसार २ दिनको सम्मेलनमा ६० भन्दा बढी देशका १६ सय लगानीकर्ताले भाग लिने छन् ।

लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् । १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।

सम्मेलनमा लगानीका लागि बाधक र झन्झटिलो प्रक्रियालाई सरल र सहज बनाउन सरकारले ९ वटा ऐन अध्यादेशमार्फत् संशोधन गरिसकेको छ

बोर्डले २ हजार ४०० भन्दा धेरैलाई नेपालको लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएको थियो । सम्मेलनमा विभिन्न ६० देशबाट लगानीकर्ता सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर